Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रबिन पाेखरेलको उम्मेदवारी

नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रबिन पाेखरेलको उम्मेदवारी

  • 3.2K
    SHARES

  • नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रबिन पाेखरेलको उम्मेदवारी

    बुटवल,पुस १ ।

    नेपाल जेसीज बर्ष २०२३ को राष्ट्रिय अध्यक्षमा रबिन पाेखरेलले उम्मेदवारी दिएका छन् । राष्ट्रिय महाधिवेशन पुस ७ गतेबाट १० गतेसम्म बिरगंजमा हुदैछ । १ जना अध्यक्ष पदका लागि ६ जनाको उम्मेदवारी मनोनयन भैसकेको छ ।

    पाेखरेल नेपाल जेसीज, वर्ष-२०१९ का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष तथा नुवाकोट जेसीज, वर्ष-२०१६ का  शाखा अध्यक्ष भैसकेका छन् । 

    पाेखरेलले आफूले निर्वाचन जित्ने दाबी गरे । ‘मैले चुनावी अधियानमा करिब-करिब सबैजसाे शाखा भ्रमण गरेँ,साथीहरुको माया नै जित्ने आधार हो ,सकारात्मक साेँचका साथ लागेको छु,सबैको साथले उर्जा भरेको छ । ’ उनले नागरिक अनलाइनसंग भने । उनले जेसिज अभियानलाइ अझै शशक्त बनाउने र युवाबर्गले चाहेको परिवर्तन आफूले गरेर देखाउने बताए । 

    उनले जेसीआईमा नेपालको नेतृत्व गर्ने ऐतिहासिक नेपाली अवसर सृजना गर्न,जेसीजहरुको बन्धुत्व भावना, नेतृत्व क्षमता एंव अन्तराष्ट्रिय अवसरको सन्तुलन मिलाउन अघि सरेको जानकारी दिए ।

    राष्ट्रिय महाधिवेशनमा करिब १ हजार ५ सय भाेटर छन् । राष्ट्रिय उपाध्यक्षमा १२ जना निर्वाचित हुने भएपनि अहिलेसम्म १९ जनाको उम्मेदवारी परेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology