Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा चन्द्रमणी भुसालको उम्मेदवारी

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा चन्द्रमणी भुसालको उम्मेदवारी

  • 2.2K
    SHARES

  • नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा चन्द्रमणी भुसालको उम्मेदवारी

    बुटवल,पुस १ ।

    नेपाल जेसीज बर्ष २०२३ को राष्ट्रिय उपाध्यक्षमा चन्द्रमणी भुसालले उम्मेदवारी दिएका छन् । राष्ट्रिय महाधिवेशन पुस ७-१० गतेबाट बिरगंजमा हुदैछ । भुसाल बुटवल जेसीज-२०२२ का अध्यक्ष समेत हुन् ।

    बुटवल १३ निवासी भुसालले आफूले निर्वाचन जित्ने दाबी गरे । ‘मैले करिब २० दिनजति चुनावी अभियानमा शाखा भ्रमण गरेँ,साथीहरुको माया नै जित्ने आधार हो ।’ उनले नागरिक अनलाइनसंग भने । उनले जेसिज अभियानलाइ अझै शशक्त बनाउने बताए । 

    १२ जना राष्ट्रिय उपाध्यक्ष निर्वाचित हुने भएपनि अहिलेसम्म १९ जनाको उम्मेदवारी परेको छ । त्यस्तै १ जना अध्यक्षका लागि ६ जनाको उम्मेदवारी मनोनयन भैसकेको छ ।

    राष्ट्रिय महाधिवेशनमा करिब १ हजार ५ सय भाेटर छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology