चितवन,पुस १ ।
नेपाल विद्यार्थी संघ रामपुर कृषि क्याम्पस चितवनको इकाई सभापतिमा आशिष देवकोटा चयन भएका छन् । देवकोटाको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन भएको छ ।
नेपाली कांग्रेस राप्ती नगर सभापति एवं उपमेयर देवेन्द्र लामाको प्रमुख आथित्यतामा इकाई अधिवेशन सम्पन्न भएको हाे ।
यस्तै वरिष्ठ उपसभापतिमा विवेक अर्याल, उपसभापतिमा आशिका भुसाल, आरती चापागाईं, प्रतिक सुनुवार चयन भएका छन् । सचिवको जिम्मा हिमाल साउदले पाएका छन् ।
कोषाध्यक्षमा प्रतिक्षा भुषाल, सहसचिव गोकुल शर्मा, अभिषेक ठाकुर र रवि रञ्जन कुसुवा चयन भएका छन् ।
यस्तै सदस्यहरुमाविशाल पाण्डे, अतुल बराल, प्राचीन पौडेल, सागर ग्यावलि, ओषिका कुँवर, दिक्षा अधिकारी, मात्रिका अधिकारी, विजय कुमार सिंह, क्रियसा पौडेल, सुभेक्षा बराल, गणेश पौडेल, सन्सिला पोख्रेल, प्रज्मा श्रेष्ठ, आस्था गौतम र अनुसुया पौडेल चुनिएका हुन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)