Logo मंगलवार, श्रावण १२ गते २०८३
images

स्याङ्जाका विद्यालयमा कम्प्युटर चोरी गर्ने सात जना पक्राउ

स्याङ्जाका विद्यालयमा कम्प्युटर चोरी गर्ने सात जना पक्राउ

  • 1.2K
    SHARES

  • स्याङ्जाका  विद्यालयमा कम्प्युटर चोरी गर्ने सात जना पक्राउ

    स्याङ्जा,पुस १ ।

    शैक्षिक संस्थाबाट बिधुतीय उपकरण चोर्ने, ओसारपसार गराउने र पोखराको विभिन्न पसलबाट बिक्री बितरण गर्ने सात जना चोरलाई प्रहरीले पक्राउ गरेको छ।

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाले उनीहरुलाई पक्राउ गरेर पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ। फेदीखोला-४ तल्लाचौरस्थित आरुखर्क आधारभूत बिद्यालय र राम्चेदेवी आधारभूत बिद्यालयबाट कम्प्युटर, प्रिन्टरहरू, प्रोजेक्टर लगायतका सामाग्री चोर्ने चोरहरुलाई प्रहरीले सार्वजनिक गरेको हो।

    पक्राउ पर्नेमा फेदीखोला-४ का २६ वर्षीय प्रेम विक, २१ वर्षीय सुमन सुनार र पुतलीबजार-४ का १९ वर्षीय समिर सुनार छन्। यस्तै चोरी भएका सामाग्री बिक्री गर्न संलग्न पोखरा बस्दै आएका लमजुङ जिल्ला सुन्दर बजार-११ का २९ वर्षीय राजु मजाकोटी र २७ वर्षीय अमृत दुरा छन् भने कास्कीका २९ वर्षिय प्रविन नेपाली र ३७ वर्षीय दिपेन्द्र पोख्रेललाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो।

    उनीहरूले गत २४ गते राती विधालय तोडफोड गरेर यी सामग्रीहरू चोरेको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरीले नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो। उनीहरूमाथि चोरी तथा डाका मुद्दा दर्ता गरिएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology