Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सार्वजनिक सम्पति अतिक्रमण गरेर बनाएका संरचना हटाउन सिद्धार्थनगरको ३५ दिन अल्टिमेटम !

सार्वजनिक सम्पति अतिक्रमण गरेर बनाएका संरचना हटाउन सिद्धार्थनगरको ३५ दिन अल्टिमेटम !

  • 1.6K
    SHARES

  • सार्वजनिक सम्पति अतिक्रमण गरेर बनाएका संरचना हटाउन सिद्धार्थनगरको ३५ दिन अल्टिमेटम !

    सिद्धार्थनगर,मङसिर २९ ।

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको सार्वजनिक तथा सामुदायिक सम्पत्ति बनाइएको संरचना हटाउन आग्रह गरेको छ ।

    स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११(२) को खण्ड (क) ले सार्वजनिक ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा गर्ने कर्तव्य स्थानीय तहलाई तोकिएकोले नगरपालिकाको कार्यालय सार्वजनिक तथा सामुदायिक सम्पत्ति बनाइएको संरचना हटाउन आग्रह गरेको हो ।

    नगर क्षेत्रमा सार्वजनिक सम्पति अतिक्रमण गरेर संरचनाहरु बनाइएको भए त्यस्ता संरचनाहरु हटाउन नगरपालिकाको कार्यालयले सार्वजनिक सूचना जारी गरेर ३५ दिन अल्टिमेटम दिएको छ ।

    ‘सार्वजनिक सम्पति अतिक्रमण गरेर बनाइएका संरचनाहरु आफै हटाउनका लागि हामीले सूचना जारी गरेर ३५ दिनको समय दिएका छौं,ु सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले भने, ‘यदि समयावधीभित्र संरचना हटाइएन भने नगरपालिकाको कार्यालयले कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाउँछ ।’

    कार्यालय कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाउँदा हानी नोक्सानी बापतको क्षतिपूर्ति समेत सम्बिन्धत पक्षलाई कानुन बमोजिम भराइने उनले बताए ।

    नगरपालिकाले यस अघि सिद्धार्थनगर नगरपालिका‐१ स्थित सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरु डोजर लगाएर भत्काएको छ ।सार्वजनिक सम्पत्ति अतिक्रमण गरी बनाइएको वा बनाउँदै गरेमा देखिएमा नगरपालिको कार्यालयलाई जानकारी गराउन समेत कार्यालयले आग्रह गरेको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology