बुटवल,मङसिर २९ ।
सरकारले धानको समर्थन मुल्य तोकेर पनि धान नकिनेपछि किसानहरु आक्रोशित भएका छन् । सरकारले धान किन्नमा आलटाल गर्नुका साथै मल सहज सहज आपूर्तिका नभएपछि किसानहरु लगातार संर्घषरत छन् ।
कांग्रेस—एमाले समर्थित किसान संगठनहरु अखिल नेपाल किसान महासंघ र नेपाल किसान महासंघले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्दै आन्दोलन थप चर्काउने बुटवलमा पत्रकार सम्मेलन गर्दै जानकारी गराएका छन् ।
दुइवटै महासंघका लुम्बिनी प्रदेश समितिको संयोजकत्वमा रुपन्देहीमा आन्दोलनका कार्यक्रम थप चर्काउने निर्णय भएको हो ।
बुधवार बुटवलमा भएको संयुक्त भेलाबाट गत मंसिर २० गते जिल्ला प्रशासन कार्यालयमा बुझाइएको ज्ञापन पत्रको विषयमा भए गरेका प्रगतिको विषयमा विहिवार जिल्ला प्रशासन कार्यालयमा धर्ना सहितको कार्यक्रम तय गरिएको अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश संयोजक तथा पुर्व मन्त्री आरती पौडेलले जानकारी दिनुभयो ।
बैठकले गरेको निर्णयबारे जानकारी दिन आयोजीत पत्रकार सम्मेलनमा बोल्दै पुर्वकृषि मन्त्री पौडेलले किसानको समस्या समाधानको लागि सरकार उदाशीन भएको बताउनुभयो ।उनका अनुसार पहिलोचरणमा मंसिर २९ गते जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई भेटेरपहिला प्रदान गरिएको ज्ञापन पत्रको विषयमा थप ध्यनार्कष्ण गराउने र जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने कार्यक्रम तय गरिएको छ । करिव पाँच सय किसानहरुको सहभागीतमा जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने पुर्व मन्त्री पौडेलको भनाई रहेको छ ।
यस्तै नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका संयोजक बेग बहादुर कुँवरका अनुसार गत मंसिर २५ गते धानको समर्थन मुल्य अनुसार धान खरिद गर्नको लागि दबाब स्वरुप प्रदेशको खाद्य व्यवस्था तथा आपूर्ति कम्पनीमा गरिएको तालाबन्दी गरिएकोमा किसानको माग लाई कुल्चीदै कम्पनीले ताला तोडेर किसानको माग अपमान गरेको भन्दै यसको विरोध स्वरुप थप आन्दोलनका कार्यक्रम गर्न लागेको उल्लेख गर्नुभयो ।
सरकारले नै तोकेको मुल्यमा किसानको धान खरिद गर्न माग सहित खाद्य व्यवस्था तथा आपुर्ती कम्पनी प्रदेश कार्यालय भैरहवमा गरिएको तालाबन्दी लाई कम्पनी प्रशासनले सोही दिन नै तोडेर कार्य सञ्चालन गरेको प्रति आपत्तीनिन्दा र भत्र्सना गर्ने बताउनुभयो ।
किसानको माग प्रति सरकार नै उदासिन भएको कारण अव किसान आन्दोलनको तयारी समेत गरिएको उहाको भनाइ छ ।
अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश महासचिव महेन्द्र गिरीका अनुसार संयुक्त बैठक पश्चात विभिन्न १३ बुँदे माग समेत प्रस्तुत गरिएको छ । जस अनुसार मलको आपूर्ति सहज बनाउनको लागि सहकारी भन्दा पनि किसान समुह मार्फतवितरणको व्यवस्थापन मिलाउन माग गरिएको छ भने उत्पादनमा आधारित अनुदानको व्यवस्थापन गर्न सरकारसंग माग गरिएको छ ।
यस्तै बाली विमा अनिवार्य तथा सहुलियत गर्न माग सहित उत्पादित बस्तुको बजारीकरणको ग्यारेन्टी सरकारबाट हुनुपर्ने माग समेत गरिएको छ । यस्तै किसान कार्ड किसान परिचय पत्रको व्यवस्थापन, अनिवार्य माटो परिक्षण ल्याव व्यवस्थाको माग, सहज रुपमा सहुलियत दरमा बीऊ उपलब्ध गराईनुपर्ने माग समेत किसान संगठनहरुले गरेका छन् ।
यस्तै स्थानीय स्तरमा यन्त्रीकरण मार्फत उत्पादन वृद्धिमा माग गरिएको छ भने गते २५ गते खाद्य व्यवस्था, व्यापार आपुर्ती कम्पनीमा लगाईएको ताला तोडेर काम सञ्चालन भएको प्रति निन्दा गरिएको छ ।
मल वितरण समेत सहजताका लागि सरकार संग माग गरिएको हो । अखिल नेपाल किसान महासंघ रुपन्देही जिल्ला अध्यक्ष कृष्ण प्रसाद पन्थीले किसानको आवाज दबाउने काम भएको भन्दै अव किसानहरुले निस्कर्षको आन्दोलनको तयारी गरेको बताउनुभयो । स्थानीय तहले विनीयोजन गर्ने बजेटको कम्तीमा पनि २० प्रतिशत बजेट कृषि क्षेत्रमा विनियोजन गर्नुपर्ने बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)