दाङ,मंसिर २८ ।
लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको राप्तीबाट औपचारिक रुपमा सेवा सुरु भएको छ ।बुधबार दिउँसो साढे १२ बजे प्रदेश प्रमुख अमिक शेरचनले झण्डोत्तोलन गरि बिधिबत रुपमा सुरुवात गर्नु भएको हो ।राप्ती गाउँपालिका वडा नं. ३ मुसरियामा उहाँले स्थायी राजधानीको ताम्रपत्रपनि उद्घाटन गर्नु भएको थियो ।
२०७७ साल असोज २० गते प्रदेशसभाले दाङको राप्ती उपत्यकालाई स्थायी राजधानी घोषणा गरेको थियो ।त्यसको ठिक दुई बर्ष दुई महिना पछि मुख्य मन्त्री कुलप्रशाद केसीले अस्थायी राजधानी बुटवलबाट कार्यालय स्थान्तरण गर्नु भएको थियो । त्यसको आठदिन पछि बुधबार साविक राप्ती प्राबिधिक शिक्षालय रहेको स्थानमा बिधिबत रुपमा मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालय उद्घाटन गरिएको हो ।
झण्डोत्तलन तथा ताम्रपत्र उद्घाटन समारोह बिशेष रुपमा आयोजना गरिएको थियो । बिभिन्न कला संस्कृति झल्किने झाँकी जुलुसहरु प्रस्तुत गरिएका थिए ।
स्थानीय सर्वसाधारणसमेत आपसमा अंकमालन गर्दै नाच्दै गाउँदै अभिर जात्रा गरि प्रदेश राजधानीको स्वागत गरेका थिए । त्यसपूर्व मुख्य मन्त्री र प्रदेश प्रमुखलाई सलामी अर्पण गरिएको थियो ।राजधानी दाङ आएको खुसियालीमा राप्ती पालिकामा बुधबार उल्लास छाएको थियो ।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी)दाङलाई विकास गर्न स्थानीय स्तरबाट पहल गर्नु पर्ने बताउनु भएको छ । प्रदेश प्रमुख शेरचनले दाङ्ग देउखुरी अन्नको भण्डार भएको बताउनु भयो । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी) दाङमा मुख्यमन्त्री कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख यहाको विकासका लागि लुम्बिनी सरकार काटिबद्द रहेको बताउनु भयो ।
मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनीले संघीयता कार्यान्वनमा जितेको उहाँले बताउनु भयो ।उहाँले यो जित लुम्बिनीका बाह्रै जिल्लाका लाखौं जनताको जित भएको तर्क गर्नु भयो । यसअघि उनीमाथि रातारात सुटुक्क बुटवलबाट आफ्नो र मुख्य मन्त्रीको कार्यालय ओरासेरको आरोप त्यताका मानिसले आरोप लगाउँदै आएका थिए ।
त्यस तर्फ संकेत गर्दै उहाँले कुनै परिणामका लागि साहश चाहिने भन्दै त्यही साहश प्रदर्शन अन्तर्गत संघियता कार्यान्वयनमा अहिले सरकार सफल भएको दाबी गर्नु भयो ।उहाँले प्रदशको निशान छापबाट ‘प्रदेश मुकाम बुटवल’ भनेर लेखिएको शब्द अबदेखि नरहनेपनि स्पष्ट पार्नु भयो ।
लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवल भनेर निशान छापमा रहेको शब्द हटाएर अब स्थायी दाङको राजधानी ‘देउखुरी’ उल्लेख गरिने उहाँले घोषणा गर्नु भएको हो । 
मुख्यमन्त्री केसीले प्रदेशको गौरवको आयोजना अन्तर्गत राजधानी कार्यान्वयन, पहाडी सडक, प्रादेशिक अस्पताल, प्रदे विश्वविद्यालय स्थापना प्रदेश सरकारको उपलब्धि भएको तर्क गर्नु भयो ।उहाँले राजधानी कार्यान्वयनमा सहयोग गर्ने मन्त्रीहरू, सभामुख, उपसभामुख सहित कर्मचारी र सुरक्षा निकायलाई धन्यवादपनि दिनु भएको थियो ।
बुधबार दाङ देउखुरीस्थित राप्ती गाउँपालिका वडा नं. ३ को साबिक राप्ती प्रादेशिक शिक्षामा तामझामकासाथ प्रदेश प्रमुखबाट झण्डोत्तलन गराई राजधानीबाट कार्य प्रारम्भ गरिएको हो ।कार्यक्रममा लुम्बिनी प्रदेशसभाका सभामुख पुर्ण घर्ती, प्रदेश स्वास्थ्य मन्त्री ईन्द्रजित चौधरी, प्रमुख सचिव डा . दीपक काफ्ले लगायतले सम्बोधन गरेका थिए । झन्डोउत्तोलन पूर्व बिभिन्न कला संस्कृति झल्कने झाँकीहरु प्रस्तुत गरिएको थियो । 
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)