Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङबाटै प्रदेश सरकारले काम थाल्यो

लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङबाटै प्रदेश सरकारले काम थाल्यो

  • 2.4K
    SHARES

  • लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङबाटै प्रदेश सरकारले काम थाल्यो

    दाङ,मंसिर २८ ।

    बुटवलबाट कार्यालयहरू लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङमा सर्न थालेसँगै चहलपहल बढेको छ । 

    बुधवारदेखि भालुवाङबाटै प्रदेश सरकारले काम गर्ने तयारी गरेको प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले जानकारी दिए । मुख्यमन्त्री कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले झण्डोत्तोलन गर्ने कार्यक्रम राखिएको छ । २०७७ असोज २० गते लुम्बिनी प्रदेश सभाले बुटवलबाट दाङको देउखुरीलाई स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेको थियो ।

    राजधानी घोषणाको निर्णय कार्यान्वयन हुन लागेको छ । देउखुरीको लालमटीयास्थित राप्ती प्राविधिक शिक्षालयलाई अर्को ठाउँमा सारेर शिक्षालय परिसरमा राजधानीका संरचना तयार गरिएको छ ।

    मुख्यमन्त्री कार्यालय, प्रदेशसभा भवन र मन्त्रालय लगायत संरचना बनाइएको छ । राजधानीलाई स्वागत गर्न राप्ती उद्योग वाणिज्य संघको अगुवाइमा सरसफाइ गरी सजावटको काम भएको छ । कपिलवस्तुको धानखोलादेखि पश्चिममा शिवखोलासम्म दर्जनौं बसबिसौनी छन् । यी बस बिसौनीका प्रतिक्षालयमा पहेंलो रंग लगाइएको छ ।

    dang.jpg

    राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्काले प्रतिक्षालय तथा सार्वजनिक संरचना रंगरोहन गर्ने काम भइरहेको बताए । स्थायी संरचना नबन्दै राजधानी सारेर फेरि अस्थायी संरचनामै राज्यको करोडौं रकम खर्च गर्न नहुने भन्दै सरकारको आलोचना पनि भइरहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology