Logo मंगलवार, श्रावण १२ गते २०८३
images

समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गर्दै निर्वाचन आयोग

समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गर्दै निर्वाचन आयोग

  • 1.6K
    SHARES

  • समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गर्दै निर्वाचन आयोग

    काठमाडौं, मंसिर २८ ।

    निर्वाचन आयोग नेपालले आज प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिकतर्फका सांसदहरू निर्वाचित भएको घोषणा गर्दैछ । दलहरूले पाएका सिटमा पेश गरेका नामावलीलाई आयोगले आज दिउँसो १ बजेपछि समानुपातिकतर्फ सांसद निर्वाचित भएको घोषणा गर्ने एक आयुक्तले जानकारी दिए।

    आयोगले प्रतिनिधि सभाका ११० सिट र प्रदेशका २२० सिटमा सांसदहरू निर्वाचित भएको घोषणा गर्ने र निर्वाचित भएकाहरूलाई प्रमाण पत्र दिने तयारी गरेको हो।

    दलहरूले क्लस्टरअनुसार सांसद चयन गरेर आयोगमा पेश गरेका थिए। प्रतिनिधि सभातर्फ पेश गरेका सूचीमा त्रुटि नभेटिए पनि प्रदेश तर्फका सूचीमा त्रुटि भेटिएपछि सच्याउन दलहरूलाई समय दिइएको थियो।

    आयोगले मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम प्रतिवेदन बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने तयारीसमेत गरेको छ। आयोगले निर्वाचन प्रतिवेदन बुझाएपछि राष्ट्रपति कार्यालयले नयाँ सरकार गठनका लागि केही दिनमा प्रक्रिया सुरू गर्नेछ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology