Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अर्जेन्टिना फिफा विश्वकप २०२२ को फाइनलमा, क्रोएसियामाथि सानदार जित

अर्जेन्टिना फिफा विश्वकप २०२२ को फाइनलमा, क्रोएसियामाथि सानदार जित

  • 2.0K
    SHARES

  • अर्जेन्टिना फिफा विश्वकप २०२२ को फाइनलमा, क्रोएसियामाथि सानदार जित

    राजन ज्ञवाली /कतार,मंसिर २८ ।

    अर्जेन्टिना फिफा विश्वकप फुटवल २०२२ को फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति कतारको लुसेलस्थित लुसेल रंगशालामा भएको पहिलाे सेमिफाइनल खेलमा दुई पटकको विश्व विजेता अर्जेन्टिनाले क्रोएसियामाथि ३-० गोलको जित निकाल्दै अर्जेन्टिना उपाधि नजिक पुगेको हो।

    अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले दुई गोल गर्दा कप्तान लिओनल मेसीले एक गोल गरे। खेलको सुरुमा क्रोएसियाले अर्जेन्टिनामाथि दबाब बढाएको थियो। तर क्रोएसियाले कुनै आक्रमण भने बुन्न सकेन। 

    बिस्तारै खेलमा हाबी हुन थालेको अर्जेन्टिनाले खेलको ३४ मिनेटमा अग्रता लियो। अर्जेन्टिनाका मेसीले पेनाल्टीमा गोल गरे।क्रोएसियाका गोलकिपर लिभाकोभिकले अल्भारेजलाई डिबक्समा लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो।

    जारी विश्वकपमा पाँच गोल गरिसकेका मेसीको समग्र विश्वकपको एघारौं गोल हो। ३९ मिनेटमा अल्भारेजले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे। उनले मध्यभागबाट एकल प्रयासमा बल अघि बढाउँदै गोल गरेका थिए। 

    गोल गर्नुअघि दुई पटक नियन्त्रण गुमाए पनि अल्भारेजले क्रोएसियन डिफेन्डरलाई छक्याएका थिए। अन्तिममा क्रोएसियन गोलकिपरलाई पनि बिट गर्दै उनले सिक्स यार्डभित्रबाट सानदार गोल गर्न सफल भए। 

    खेलको ६९ मिनेटमा अर्जेन्टिनाले तेस्रो गोल गर्न सफल भयो। कप्तान मेसीले मिहिनेत गरेर उपलब्ध गराएको उत्कृष्ट पासमा अल्भारेजले वान टचमा बललाई जाली चुमाएका थिए।  क्रोएसियाविरुद्ध दुई गोल गरेसँगै अल्भारेजले जारी विश्वकपमा आफ्नो गोल संख्या चार पुर्‍याएका छन्।messi.jpg

    अर्जेन्टिना आठ वर्षको भित्रमा दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो। यसअघि अर्जेन्टिना सन् २०१४ को विश्वकपमा पनि फाइनलमा पुगेको थियो। त्यतिबेला फाइनलमा जर्मनीसँग पराजित हुँदा अर्जेन्टिनाको सपना चकनाचुर भएको थियो। 

    अब उपाधिका लागि अर्जेन्टिनाले आइतबार राति फ्रान्स वा मोरक्को मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ। साविक विजेता फ्रान्स र मोरक्कोबीच बुधबार राति दोस्रो सेमिफाइनलको खेल हुनेछ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology