Logo बिहिवार, आश्विन १ गते २०८३
images

देवदह बोर्डिङले जित्यो एन प्याब्सन वक्तृत्वकलाको उपाधि

देवदह बोर्डिङले जित्यो एन प्याब्सन वक्तृत्वकलाको उपाधि

  • 1.9K
    SHARES

  • देवदह बोर्डिङले जित्यो एन प्याब्सन वक्तृत्वकलाको उपाधि

    बुटवल,मंसिर २७ ।

    एन प्याब्सन जिल्ला स्तरीय वकतृत्व प्रतियोगिताको उपाधि देवदह इङलिस बोर्डिङ माविले जितेको छ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोशियसन नेपाल (एन प्याव्सन) रुपन्देहीको आयोजनामा मंगलबार भएको प्रतियोगितामा देवदह ईङलिस बोर्डिङ माविकी विद्यार्थी वृन्दा पाण्डेले उपाधि जितेकी हुन ।

    निजी लगानीका विद्यालयमा अभिभावक र विद्यार्थीहरुको आकर्षण विषयमा आयोजना गरिएको बक्तृत्वकला प्रतियोगितामा जिल्लाका डेढ दर्जन प्रतिस्पर्धा बिद्यार्थीलाई पछी  पार्दै पाण्डेले नगद ५ हजारसहित शिल्ड तथा प्रमाणपत्र हात पारेकी हुन । यस्तै प्रतियोगितामा  न्यू लुम्विनी ईङलिस बोडिङ्ग स्कुलका खुसी घर्तीमगर द्वितीय भए ।

    उनले नगद ३ हजार ५ सय नगदसहित शिल्ड तथा प्रमाणपत्र हात पारे । त्यसैगरी प्रतियोगितामा  ग्लोरी ईङलिस बोडिङ्ग स्कुलका सृष्टि भण्डारी तृतिय र  ग्यालेक्सी ईङलिस बोडिङ्ग स्कुलका स्वीकृती पाण्डेले प्रोत्साहन पुरस्कार हात परे । उनीहरुले क्रमश दुईदुई हजार नगदसहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेका हुन  ।

    प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई  पुरस्कार प्रदान गर्दै लुम्विनी प्रदेश सभा सदस्य आशिषकुमार चौधरीले गुणस्तरीय शिक्षाले मात्र देशको विकास हुने बताउनु भयो । उहाले शिक्षाको विकासको लागि आफुले प्रदेश सभामा पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । प्रदेश सांसद चौधरीले शिक्षाको विकास विना कुनैपनि क्षेत्रको प्रवद्र्धन हुन नसक्ने बताउदै शिक्षाको विकासमा नीजि क्षेत्रको अह्म भूमिका रहेको बताउनु भयो ।

    उहाले शिक्षामा नीजि क्षेत्रले गरेको लगानी संरक्षण गर्ने दायित्व सरकारको रहेको बताउनु भयो । उहाले सामुदायिक विद्यालयमा राज्यको ठूलो लगानी रहेपनि प्रतिफल भने आउन नसकेकोमा जोड दिनु भयो ।

    राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन नेपाल रुपन्देहीका अध्यक्ष पुरुषोत्तम वस्यालको अध्यक्षतामा भएको कार्यक्रममा एन प्याप्सनका केन्द्रिय सचिव कृष्णप्रसाद पौडेल, केन्द्रिय सदस्यद्वय विष्णुप्रसाद पौडेल, देउप्रकाश राई, लुम्विनी प्रदेश उपाध्यक्ष होमनाथ ढुंगाना लगायतले  नीजि विद्यालय र सामुदायिक विद्यालयलाई राज्यले समान दृष्टिकोणले हेर्न नसकेको बताउनु भयो । राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल रुपन्देहीका काेषाध्यक्ष अमरनाथ पाठकको संचालनमा भएको कार्यक्रममा कविराज पौडेलले निर्णायकको भुमिका निर्वाह गर्नु भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology