Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देहीमा रोज बहिनी सृजनशिल महिला समाज गठन 

रुपन्देहीमा रोज बहिनी सृजनशिल महिला समाज गठन 

  • 6.6K
    SHARES

  • रुपन्देहीमा रोज बहिनी सृजनशिल महिला समाज  गठन 

    बुटवल,भदौ १७ – 

    रुपन्देहीमा रोज बहिनी सृजनशिल महिला समाजको  जिल्ला समिति गठन भएको छ । प्रदेश नं. ५ का मुख्यमन्त्री शंखर पोख्रेलद्वारा महिला किशोरी तथा बालबालिकाको स्वास्थ, शिक्षा र सुरक्षाको क्षेत्रमा उत्कृष्ट कार्य गरे वाफत उत्कृष्ट संस्था सेवा सम्मान पुरस्कार वाट सम्मानीत रोज बहिनी सृजनशिल महिला समाजले रुपन्देहीमा पनि समिती बिस्तार गरेको  हो ।

    समाजको जिल्ला समिती  संरक्षक तारानाथ भट्टराई, जिल्ला समिती प्रमुख राधा अधिकारी भट्टराई, जिल्ला समिती संयोजक हेमा न्यौपाने, जिल्ला समिती स्वास्थ्य सल्लाहकार डा। शकुन्तला गुप्ता, जिल्ला समिती प्रेस सल्लाहकार पुजा पन्थीलाई मनोनयन गरिएको सस्थाका केन्द्रिय अध्यक्ष विजयश्री रेग्मी भण्डारीले जानकारी दिइन ।

    साथै सिद्धार्थनगर संयोजक उमा पन्थी, सदस्यहरु पुनम रजामगर, तारा उपाध्याय, डा बर्षा थापा, माधुरी ज्ञवाली र सुमित्रा न्यौपाने लगाएत रहेका छन ।
    समाजले किशोरी शिक्षा, किशोरी स्वास्थ , किशोरी सुरक्षा, बिद्यार्थी विमा,सामुदायिक सचेतना, महिला सशक्तीकरण ,जातिय विभेद, महिला हिंसा,छुवाछूत, वर्ण विभेद, सामुदायिक विकास लगायतको क्षेत्रमा काम गर्नेछ ।

    राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको सेवा पुरस्कार र सम्मानबाट विभुषित यस संस्थाको अगुवाइमा हाल नेपाल सरकारले सम्पूर्ण सामुदायिक विद्यालयमा अध्यायनरत किशोरी बहिनीहरुलाई निशुल्क सेनेटरीप्याड लगायतको स्वास्थ सामाग्रीहरु वितरणमा गर्न यसै आर्थिक बर्षमा एक अर्ब वयासी करोड रुपैयाँ विनियोजन गरेको केन्द्रीय अध्यक्ष भण्डारीले जानकारी दिईन् ।

    “गुणस्तरीय सेनेटरी प्याड किशोरी बहिनीको अधिकार“ भन्ने उदेश्यको साथ संस्थाले रोज बहिनी विद्यालय स्वास्थ परियोजना सञ्चालन गर्दै हाल सम्म संस्थाले देशै भरिका ३ हजार बिद्यालयका ७ लाख किशोरीहरुलाई  परियोजना मार्फत निःशुल्क सेवा उपलव्त्र गराएको समाजले जनाएको छ । समाजले यस शैक्षिक सत्रलाई ९कोरोना कोे सत्र बिद्यार्थी बिमा वर्ष० भन्ने नाराको साथ अगाडि बढने योजना राखेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology