Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तिलोत्तमा मेला भाेलि सकिदै,दुर्गेश थापाको प्रस्तुति रहने

तिलोत्तमा मेला भाेलि सकिदै,दुर्गेश थापाको प्रस्तुति रहने

  • 1.7K
    SHARES

  • तिलोत्तमा मेला भाेलि सकिदै,दुर्गेश थापाको प्रस्तुति रहने

    बुटवल,मंसिर २७ ।

    तिलोत्तमाको मणिग्राममा जारी दोस्रो तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ बुधबार सकिदै छ । मेला सकिन लाग्दा पनि मेलाका स्टलहरुमा ग्राहक उपभोक्ताको भिडभाड भने घटेको छैन ।

    मंगलबार स्टलहरुमा ग्राहाकको निकै भिड देखिएको स्टल ब्यवस्थापन उपसमिति संयोजक सतिश सापकोटाले जानकारी दिए । उनका अनुसार खासगरी लत्ता कपडा र दैनिक उपभोग्यबस्तुका स्टलमा ग्राहाक उपभोक्ताको भिड रहको थियो ।

    यसैबीच मेलामा मंगलबार लोकप्रिय गायक गायिकाहरु बद्री पंगेनी, शान्तारानी परियार, विक्रमबाबु विक, भुवन अधिकारी, दिपेन्द्र ओली, उद्घोषक गोपाल अधिकारी, विकास भट्टराई लगायतका प्रस्तुतिमा दर्शकहरु झुम्मिए । बुधबार दुर्गेश थापा लगायतका कलाकारको प्रस्तुति रहने आयोजकले जनाएका छन् ।

    तिलोत्तमा उद्योग ब्यापार संगठनको आयोजनामा  मंसिर १५ गतेदेखि २६ सम्म तय भएको मेलामा दर्शक उपभोक्ताको चाप बढेपछि अवधि दुई दिन थप गरिएको थियो । मेला मूल आयोजक समिति संयोजक एवं तिलोत्तमा उद्योग ब्यापार संगठनको अध्यक्ष प्रेम जीएमका अनुसार बुधबार दिउँसो ३ बजे मेलाको समापन गरिनेछ ।

    मेलाको सहआयोजकमा तिलोत्तमा चेम्बर अफ कमर्श र उद्योग बाणिज्य संघ तिलोत्तमा रहेका छन् । तिलोत्तमा नगरपालिका संरक्षक रहेको छ । महोत्सवमा २ सय ४१ स्टलहरु सहभागी छन् ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology