Logo बिहिवार, आश्विन १ गते २०८३
images

भ्रष्टाचारीलाई आजीवन कारागारको व्यवस्था हुनुपर्छ : प्रदेश प्रमुख अमिक शेरचन

भ्रष्टाचारीलाई आजीवन कारागारको व्यवस्था हुनुपर्छ : प्रदेश प्रमुख अमिक शेरचन

  • 1.8K
    SHARES

  • भ्रष्टाचारीलाई आजीवन कारागारको व्यवस्था हुनुपर्छ :  प्रदेश प्रमुख अमिक शेरचन

    बुटवल,मङसिर २६ ।

    लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले देशको प्रमुख समस्या भ्रष्टाचार भएको बताउनुभएको छ । भ्रष्टाचार त्यसको नियन्त्रण अब सबैको साझा ऐजेन्डा बन्नुपर्ने उहाँको भनाइ छ । उहाँले व्यक्ति हत्या भन्दा खतरनाक भ्रष्टाचारी हुने बताउँदै आजिवन कारागारको व्यवस्था हुनुपर्ने धारणा राख्नुभयो । 

    मानवअधिकार तथा शान्ति समाजको ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार–२०७८’ अर्पण कार्यक्रमलाइ आइतबार बुटवलमा सम्बोधन गर्दै प्रमुख शेरचनले मुलुक बनाउनेहरुले भ्रष्टाचार पूर्ण रुपमा नियन्त्रण गर्नुपर्ने उल्लेख गर्नुभयो  । 

    उहाँले भन्नुभयो–‘ लोकतन्त्र,गणतन्त्र ल्याउन शान्ति समाज अग्र मोर्चामा उभिएको थियो,अब भ्रष्टाचार रोक्न फेरिपनि नागरिक समाजले खबरदारी गर्नुपर्ने छ, शान्ति विना विकास र स्थायीत्व , स्थायीत्व बिना समृद्धिको कल्पना पनि गर्न सकिदैन । ’
    उहाँले मानव अधिकारको परिभाषा र दायरा निकै फराकिलो भएको भन्दै उहाँले जनताको अधिकार सुरक्षित गर्न सबै जुट्नुपर्ने बताउनुभयो । सामाजिक सञ्जालमा जथाभावी कुराहरु राख्ने र बिकृती आउन थालेका छन्,गल्ती भयो है यस्तो नराख भन्यो भने मानव अधिकार हनन् भयो भनेर हल्ला गर्छन् ,समाज कता जाँदै छ ? उहाँको प्रश्न छ ।

    सो अबसरमा बोल्दै मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापती कृष्ण पहाडीले नेपालमा लोकतन्त्र÷गणतन्त्र खतरामा रहेको बताउनुभयो । परिबर्तीत ब्यबस्थामा अ‍ैजेरु पलाएको भन्दै ठूला दलहरुका नेताहरुले यस्ता गलत प्रबृत्तिकै संरक्षण गर्न गरेको बताउनुभयो ।

    पहाडीले भन्नुभयो –‘ युवापुस्ताकोे चाहाना अनुसार दलहरु अघि बढ्नु पर्छ,अहिले सबैभन्दा बढि लोकतन्त्र खतरामा छ भने सत्तामा टासिंएका ब्याक्तिबादी नेताहरुबाट नै छ । ’

    अझै पनि नेपालका राजनीतिक दलहरु कर्मकाण्डी बनेको उहाँको भनाइ छ । समाज रुपान्तण हुन नसकेको बताउँदै समाजमा रहेको जातीय भेदभाव, हिंसा अन्त्य नहुँदासम्म लोकतन्त्र समुन्नत हुन नसक्ने बताउनुभयो ।

    उहाँले शान्ति समाजले सम्मान गरेको व्यक्ति पिँधमा पारिएको समुदायबाट भएको उल्लेख गर्दै समाज रुपान्तरण हुन नसकेको बताउनुभयो ।

    ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार–२०७८’ विनोद पहाडीलाई :

    binod pahadi samman.jpg

    सो अबसरमा ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार–२०७८’ विनोद पहाडीलाई प्रदान गरिएको  छ । अन्तराष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा आईतबार बुटवलमा एक कार्यक्रमका बिच पहाडीलाई एक लाख १० हजार रूपैयाँ पुरस्कार राशी, दोसल्ला र सम्मानपत्र सहित पुरस्कृत गरिएको हो । पहाडीलाई लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र मानव अधिकारबादी नेता कृष्ण पहाडीले पुरस्कृत गर्नुभयो ।

    पुरस्कृत भएपछि बोल्दै पहाडीले यो पुरस्कार सिंगो दलित आन्दोलनप्रतिको सम्मान भएको बताउनुभयो । उहाले आफूले यो पुरस्कारको रकम निजी काममा खर्च नगर्ने भन्दै पुरस्कार अक्षयकोषको स्थापनाका लागि प्रयोग गर्ने घोषणा गर्नुभयो । कार्यक्रममा समाजका केन्द्रीय सभापती गोविन्द खनालले शान्ति समाजले कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार समाजमा बिशिष्ट योगदान पु¥याएको व्यक्तिलाई गर्ने गरिएको बताउनुभयो ।

    संविधानसभा सदस्य (२०६४–६९)समेत रहनुभएका अधिकारकर्मी एवं सञ्चारकर्मी पहाडीले तीन दशकदेखि सामाजिक न्यायको क्षेत्रमा गरेको योगदानको कदर गर्दै समाजले पुरस्कृत गरेको हो ।

    अर्पण कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँड, बरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाई,शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, समाजका वरिष्ठ उपसभापति सुशील बस्नेत, महासचिव रामकृष्ण बराल, पत्रकार महासंघ रूपन्देही सभापति रामराज पोखरेल, अधिकारकर्मी रिमा बिसि, रूपन्देही शाखा सभापति खिमप्रसाद भट्टराई (कृष्ण),सचिब कृष्ण पाण्डे लगायतका वक्ताहरुले शान्तिको विकल्प नभएको बताउनुभयो ।

    samaja.jpg

    यी समाचार पनि हेराैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology