Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अधिकारकर्मी विनोद पहाडीलाई 'कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ प्रदान

अधिकारकर्मी विनोद पहाडीलाई 'कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ प्रदान

  • 2.6K
    SHARES

  • अधिकारकर्मी विनोद पहाडीलाई 'कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ प्रदान

    बुटवल, मङसिर २५ ।

    मानवअधिकार तथा शान्ति समाजले ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार–२०७८’ विनोद पहाडीलाई प्रदान गरेको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा बुटवलमा एक कार्यक्रमबीच उहाँलाई नगद एक लाख १० हजार रूपियाँ, दोसल्ला र सम्मानपत्रसहित पुरस्कृत गरिएको हो । 

    पहाडीलाई लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, मानव अधिकारबादी नेता कृष्ण पहाडी, केन्द्रीय सभापति गोबिन्द खनाल लगायतले सम्मानित गर्नुभयो । संविधानसभा सदस्य  समेत रहनुभएका अधिकारकर्मी एवं सञ्चारकर्मी पहाडीले तीन दशकदेखि सामाजिक न्यायको क्षेत्रमा गर्नुभएको योगदानको कदर गर्दै समाजले पुरस्कृत गरेको जनाएको छ ।

    तीन दशक लामो अधिकारको आन्दोलनमा संलग्न रहँदा पटक पटक पक्राउ पर्नुभएका पहाडी डा. भीमराव अम्वेडकर अवार्डबाट समेत सम्मानित भइसक्नुभएको छ । पिता रामबहादुर नेपाली र आमा सोभी नेपालीका सुपुत्र विनोद पहाडीको जन्म २०२८ वैशाख ६ गते पाल्पाको भुवनपोखरीमा भएको थियो । 

    हाल बुटवल, रुपन्देही निवासी पहाडी २०४६ सालदेखि पत्रकारिता क्षेत्रमा संलग्न हुनुहुन्छ । विभिन्न सञ्चारमाध्यममा आबद्ध पहाडी नेपाल राष्ट्रिय दलित पत्रकार संघको संस्थापक अध्यक्ष, नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय सदस्य, पत्रकार महासंघ रुपन्देही शाखाको दुई कार्यकाल सभापति हुनुभएको छ । पहाडीले सो पुरस्कार मानव अधिकारकै क्षेत्रमा कोष बनाएर पुरस्कार दिने घोषणा गर्नुभयो ।samaja.jpg

    यी समाचार पनि हेराैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology