Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कतारमा जारी फिफा विश्व कप फुटबल : अन्तिम चारमा पुग्ने टोलीको टुंगो

कतारमा जारी फिफा विश्व कप फुटबल : अन्तिम चारमा पुग्ने टोलीको टुंगो

  • 1.3K
    SHARES

  • कतारमा जारी फिफा विश्व कप फुटबल : अन्तिम चारमा पुग्ने टोलीको टुंगो

    राजन ज्ञवाली/कतार,मंसिर २५ ।

    कतारमा जारी फिफा विश्व कप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ। फाइनल खेल पुस ३ गते आइतबार हुनेछ ।आइतबार बिहान अन्तिम क्वाटरफाइनलको खेल सकिएसँगै विश्वकपको अन्तिम चारमा पुग्ने सबै टोलीको टुंगो लागेको हो।

    यस पटकको विश्वकपमा साविक विजेता फ्रान्स र साविक उपविजेता क्रोएसियासँगै अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा पुगेका छन्। 

    पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया तथा दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को खेल्नेछन्। अर्जेन्टिना र क्रोएसियाबीचको खेल मंगलबार राति पौने १ बजे हुनेछ। अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई तथा क्रोएसियाले ब्राजिललाई हराएको थियो।

    यस्तै, दोस्रो सेमिफाइनलमा मोरक्को र फ्रान्सबीच बुधबार राति पौने १ बजे खेल हुनेछ। गएराति भएको तेस्रो क्वाटरफाइनलमा मोरक्कोले पोर्चुगललाई हरायो।world-cup2.jpg

    कतारको अल थुमामा रंगशालामा भएको क्वार्टरफाइनल भिडन्तमा पोर्चुगललाई १-० गोलले पराजित गर्दै मोरक्कोले अन्तिम चारमा स्थान बनाएको हो। विश्वकपमा मोरक्को र अफ्रिकन महादेशको यो अहिलेसम्मकै उत्कृष्ट नजिता हो। 

    यसअघि अफ्रिकन टिमको विश्वकपमा उत्कृष्ट नतिजा क्वार्टरफाइनलमा मात्र पुग्नु थियो। यसअघि क्यामरुन, घाना र सेनेगलले अन्तिम आठमा पुगे पनि सेमिफाइनलमा पुगेर इतिहास बनाउन भने चुकेका थिए।

    शनिबार खेलको ४२ मिनेटमा मोरक्कोले खेलमा अग्रता लियो। युसेफ इन नेस्स्रीले हेडमार्फत गोल गर्दै मोरक्कोलाई १(० गोलले अघि बढाएका थिए। उनलाई गोल गर्न अतियत अल्लाहले पास उपलब्ध गराएका थिए। उक्त गोल नै अफ्रिकी राष्ट्र मोरक्कोका लागि अन्तिम चारमा पुग्न पर्याप्त रह्यो।

    यस्तै साविक विजेतासमेत रहेको फ्रान्सले कतारको अलबेयत मैदानमा भएको अन्तिम क्वाटरफाइनलमा इङ्ल्यान्डलाई २–१ गोलले हराउँदै अन्तिम चारमा पुगेको हो। फ्रान्सका औरेलिएन चुआमेनी र ओलिभिएर जिरूडले १-१ गोल गरे। इङ्ल्याण्डका लागि ह्यारी केनले गोल फर्काए।

    खेलको १७ औँ मिनेटमा चुआमेनीले गोल गर्दै फ्रान्सलाई सुरूआती अग्रता दिलाएका थिए।दोस्रो हाफको सुरूमै इङ्ल्यान्डले पेनाल्टीमा गोल गरेपछि खेल बराबरीमा पुगेको थियो। उसका लागि ह्यारी केनले ५४ औँ मिनेटमा पेनाल्टीमा गोल गरे।

    खेलको ७८ औं मिनेटमा जिरूडले गोल गर्दै खेलमा पुनः फ्रान्सलाई अग्रता दिलाए। इङ्ल्यान्डले दोस्रो हाफको ६ मिनेट बाँकी रहँदा पुनस् बराबरी गर्ने अवसर पाएको थियो। तर कप्तान ह्यारी केनले पेनाल्टीको सदुपयोग गर्न नसक्दा टोली पराजित हुन पुग्यो। फ्रान्सले अब सेमिफाइनलमा मोरक्कोसँग खेल्नेछ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology