Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एमालेबाट घनश्याम भुसाल,प्रभु साह लगायत १३ जना निष्कासित

एमालेबाट घनश्याम भुसाल,प्रभु साह लगायत १३ जना निष्कासित

  • 1.7K
    SHARES

  • एमालेबाट घनश्याम भुसाल,प्रभु साह लगायत १३ जना निष्कासित

    ललितपुर,मंसिर २४ ।

    नेकपा एमालेले पार्टीविरूद्ध लागेको आरोप लगाउँदै घनश्याम भुसाल, प्रभु साह लगायतलाई निष्कासन गरेको छ।शनिबार ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको चौधौं सचिवालय बैठकले स्थायी कमिटी सदस्य घनश्याम भुसाल, प्रभु साहलगायतलाई कारबाही स्वरूप निष्कासन गरेको हो।

    बैठकपछि एमालेले प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूलाई कारबाही गरेकोबारे जानकारी दिएको हो। कारवाहीमा पर्नेहरूमा स्थायी कमिटी सदस्यहरू घनश्याम भुसाल र प्रभु साह छन्। उनीहरूसहित १३ जनालाई पार्टीले कारबाही गरेको हो।

    यस्तै केन्द्रीय कमिटी सदस्यहरू उपेन्द्र साह रौतहट, कुन्दन कुशवाह रौतहट, रामप्रित राम सिराहा, बद्री न्यौपाने सर्लाही, रीता साह सर्लाही, गंगा चौधरी दाङ र टेकबहादुर बलम्पाकी मगर महोत्तरीलाई कारबाही गरिएको छ। 

    केन्द्रीय निकायका वाङ्दी शेर्पा ताप्लेजुङ, खेम सुवेदी कञ्चनपुर, भक्तबहादुर अधिकारी कञ्चनपुर र लक्ष्मी साह कैलाली पनि कारबाहीमा परेका छन्। 

    त्यस्तै समानुपातिकतर्फको बन्दसूचिमा नाममा रहेकी जैनव खातुन पनि पार्टी विरोधी गतिविधिमा लागेका भन्दै सूचिबाट उनको नाम हटाइएको एमालेले जनाएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology