Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नागरिक उन्मुक्ति पार्टीले टुंगो लगायो प्रदेशसभा समानुपातिक सासंद

नागरिक उन्मुक्ति पार्टीले टुंगो लगायो प्रदेशसभा समानुपातिक सासंद

  • 1.7K
    SHARES

  • नागरिक उन्मुक्ति पार्टीले टुंगो लगायो प्रदेशसभा समानुपातिक सासंद

    बुटवल,मंसिर २४ ।

    नागरिक उन्मुक्ति पार्टीले प्रदेश सभाका लागि समानुपातिक सासंदहरू टुंगो लगाएको छ। शनिबार पार्टीले विभिन्न प्रदेशका सास‌ंदहरू टुंगो लगाएको केन्द्रीय सदस्य तथा सुदूरपश्चिम नवनिर्वाचित प्रदेश सभा सासंद लक्ष्मणकिशोर थारूले जानकारी दिए। 

    जसमा सुदूरपश्चिम प्रदेशका लागि कैलालीबाट दामोदर पण्डित र सुनिता चौधरीलाई सासंद बनाउने निर्णय गरेको छ। 

    मधेस प्रदेशमा बाराबाट रामचन्द्र चौधरी, लुम्बिनी प्रदेशमा बाँकेकी नोरीकुमारी चौधरी र निर्मला चौधरी र रुपन्देहीबाट कुमारी चौधरीको नाम टुंगो लागेको हो। 

    प्रदेश सभामा प्रत्यक्षतर्फ नागरिक उन्मुक्ती पार्टीले लुम्बिनी प्रदेशमा दुई सिट र सुदूरपश्चिम प्रदेशमा ५ सिट जितेको छ।

    १२ महिना अघि रेशम चौधरीले खोलेको नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभा तर्फ तीन र एक सिट स्वतन्त्र गरी चार सिट जितेको छ।

    यी समाचार पनि हेराैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology