Logo बिहिवार, आश्विन १ गते २०८३
images

कांग्रेसको नगर सभापतिसहित १५ जना साधारण सदस्य समेत नरहनेगरी निस्कासित

कांग्रेसको नगर सभापतिसहित १५ जना साधारण सदस्य समेत नरहनेगरी निस्कासित

  • 1.7K
    SHARES

  • कांग्रेसको नगर सभापतिसहित १५ जना साधारण सदस्य समेत नरहनेगरी निस्कासित

    बुटवल,मंसिर २३ ।

    नेपाली कांग्रेस लुम्बिनी साँस्कृतिक नगर समतिले पार्टीको बिधान बिपरीत कार्य गर्ने नगर सभापति मोहमद शईद खाँ,वडा नं. ९ का वडा सभापति इनामुल्लाह मुसलमान सहित १५ जनालाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी कार्वाही गरेको छ।

    मंसिर २० गते मंगलवार बसेको नगर समितिको बैठकले मंसिर ४ गते सम्पन्न भएको प्रतिनीधि सभा तथा प्रदेश सभा निर्वाचनमा पार्टीका उमेद्वारलाई सहयोग नगरेको भन्दै नगर तथा वडा समतिका पदाधिकारी तथा सदस्यहरुलाई कार्वाही गरेको नगर समिति सचिव बिरेन्द्र त्रिपाठीले जानकारी दिएका छन्।

    कार्वाही हुनेहरुमा नगर सभापति मोहम्मद शईद खाँ, मोहम्मद आयुव मुसलमान, इनामुल्लाह मुसलमान, कलाउद्धिन मुसलमान, अब्दुलहक मुसलमान, उर्मिला चाई, अजिज फकिर, कलामुद्धिन मुसलमान, रामअचल कुर्मी, मोहममद इसरार मुसलमान, र सुमित यादव रहेका छन। यस्तै पार्टीको हित विपरित कार्य गरेको भन्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी वडा नं. १० का वडा समितिका राम प्रसाद गडरिया, राधेश्यामपासी र बृजमान पासीलाई कार्वाही गरिएको नगर समिति सचिव त्रिपाठीले जानकारी दिए।

    नगर समितिको २० गते नै बसेको बैठकले नगर सभापति मोहम्मद शइद खाँले पार्टीको हित विपरित कार्य गरी कार्वाहीमा परेपछि अर्को ब्यबस्था नभएसम्मका लागि पार्टीको नगर समितिलाई नियमित रुपमा संचालन र क्रियाशिल गराउन नगर समितिका उपसभापति राधेश्याम गुप्तालाई कार्यबाहक नगर सभापतिको रुपमा जिम्मेवारी दिने समेत निर्णय गरेको छ।

    बार्वाहीमा परेका नगर सभापति खाँलाई पार्टीको क्षेत्रिय समितिले प्रदेश सभाको समानुपातिक सूचीमा सिफारिस गरेको थियो। पार्टीको समानुपातिक तर्फको बन्द सूचीमा अन्तिम नामावलीमा नाम नपरेपछि मंसिर ४ गते समपन्न भएको चुनावमा पार्टीलाई असहयोग गर्दै आएका थिए।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology