बुटवल,मंसिर २२ ।
मिडियाले हिंसा न्यूनिकरण हुने गरि सूचना सम्प्रेषण गर्नुपर्ने र सरकारी निकाय जवाफदेही बन्दै नीति र कार्यक्रम ल्याउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत फ्रि मिडिया नेटवर्कको आयोजना तथा नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वयमा बुटवलमा भएको लैङ्गिक हिंसा न्यूनीकरणमा मिडिया र सरोकारवालाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सबै पक्ष संवेदनशिल हुँदा मात्रै हिंसा रहित समाज बन्ने बताएका हुन ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले लैङ्िगक बिभेदलाई न्यूनीकरण गर्न स्थानीय तह, पत्रकार र नागरिक समाज सँगसँगै मिलेर काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा अर्यालले समाज रुपान्तरणमा मिडियाको भूमिका प्रमुख हुने बताउँदै लैंगिक हिंसा न्यूनिकरणमा पनि अह्म भूमिका हुने बताउनुभयो । बुटवल उपमहानगरले लैंगिक विभेदलाई चिर्ने गरि कार्यक्रम निर्माण गरेको उहाँले बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रमा जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रमुख रबिन्द्र रेग्मीले हिंसा विरुद्धका घटनामा प्रहरीको भुमिका सकारात्मक रहेको बताउनुभयो । उहाँले मदिरा सेवनले हिंसाका घटना बढेको बताउदै मदिराको प्रयोगमा नियन्त्रणको लागि स्थानीय तहले कानुन बनाएमा ब्यवस्थापन गर्न सहज हुने बताउनुभयो ।
कार्यक्रममा रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव कुवँरले जिल्ला प्रशासन कार्यालयले सेफ हाउस निर्माण लगायतका कार्यहरु गरिरहेको बताउदै लैङ्िगक हिंसा अन्त्यको लागि प्रशासन प्रतिबद्ध रहेको बताउनुभयो। कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार ईन्दिरा अर्यालले स्वरुप बदलिएर लैंगिक हिंसा समाजमा रहेकाले यसको अन्त्यका लागि मिडियासँगै स्थानीय सरकार, प्रहरी प्रशासन, उद्योगी व्यवसायी समेत जिम्मेवार हुनुपर्ने कार्यपत्र पत्र प्रस्तुतु गर्नुभएको थियो ।
कार्यक्रममा कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष विनोद पहाडी, पत्रकार महासंघ रुपन्देही अध्यक्ष एव फ्री मिडिया नेटवर्क रुपन्देही संयोजक रामराज पोख्रेल, मानवअधिकारकर्मी सुमित्रा शर्मा, पत्रकारहरु रेखा भुसाल, निरा गौतम, रिमा बिसि, मनु खड्का, अमृता अनमोल, माया केसी लगायतले बाल्दै हिंसा रहित समाज निर्माणमा लाग्न सुझाव दिनुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)