Logo मंगलवार, श्रावण १२ गते २०८३
images

भारतीय पूर्व शैनिक बिबि पौडेलको पञ्चेबाजा निम्तो दिएको सार्वजनिक,भिडियाे

भारतीय पूर्व शैनिक बिबि पौडेलको पञ्चेबाजा निम्तो दिएको सार्वजनिक,भिडियाे

  • 7.1K
    SHARES

  • भारतीय पूर्व शैनिक बिबि पौडेलको पञ्चेबाजा निम्तो दिएको सार्वजनिक,भिडियाे

    बुटवल, ३० कार्तिक -

    बिवाहको मौसमलाई मध्यनजर गर्दै बुटवलका गायक बिबि पौडेलले निम्तो दिएको नामक पञ्चेबाजामा आधारित गीत बजारमा ल्याएका छन् ।  सप्तरंगी संसारको संयोजनमा गायक बिबि पौडेलको  पञ्चेबाजा  गीत निम्तो दिएको आईतबार एक समारोहका बिच लोक तथा दोहरी गित प्रतिष्ठान प्रदेशका अध्यक्ष डिल्लिनारायण पाण्डेले विमोचन गरे ।

    अध्यक्ष पाण्डेले सानैमा भएको कलाकारितालाई पौडेल गायनमार्फत ढिलै भएपनि प्रस्तुत गर्न सफल भएको दाबी गरे । लुम्बिनी प्रदेशको पत्रकारिता क्षेत्रले कलालाई माया गरेको हुदा पनि यहा नवोदित कलाकार, गायकहरुको गीतसंगीतले स्थान पाएको उनले बताए ।

    समाजमा घट्ने प्रेम, वियोगका घटनाहरु दर्शाउने शब्द चयन भएका गित समेटिएको छ । साे गीतमा गायक बिबि पौडेललाई देवि घर्तीले स्वरमा साथ दिएकी छन । 
    भारतीय सेनामा लामो समय योगदान दिएर स्वदेशमा फर्किएर होटल ब्यवस्थापनमा लागेका बिबि पौडेल सानैदेखि गितसंगितमा सौखिन रहेका थिए। कोभिड १९ को संक्रमणको बेला मानिसहरु घरमै थुनिएर बस्नुपरेको अवस्थामा धेरै ब्यक्तिहरु आफ्नो प्रतिभा प्रष्फुटन गर्ने अवसरका रुपमा लिईरहेका उनले बताए । उनले चौथो एल्बमका रुपमा यो बजारमा ल्याएकाे बताए।

    रुपन्देही शाखाका अध्यक्ष दिपक कार्की, पुर्वअध्यक्ष बिमलराज भट्टराई, नेपाल चलचित्र पत्रकार संघ रुपन्देही शाखाका मोहन न्यौपाने, मेरिगोल्डका संचालक पुरन पौडेलले गित संगीतको माध्यमबाट कोभिड १९ बाट थेरापीको काम गर्ने बताए । साे कार्यक्रम चाैतारी फिल्मसकाे आयाेजनामा भएकाे थियाे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology