Logo मंगलवार, श्रावण १२ गते २०८३
images

डा.शेखर कोइरालाको चिन्ता-‘लोकप्रिय मत घट्दा कांग्रेसको साखमा धक्का’

डा.शेखर कोइरालाको चिन्ता-‘लोकप्रिय मत घट्दा कांग्रेसको साखमा धक्का’

  • 1.5K
    SHARES

  • डा.शेखर कोइरालाको चिन्ता-‘लोकप्रिय मत घट्दा कांग्रेसको साखमा धक्का’

    विराटनगर,मंसिर २० ।

    कांग्रेस नेता शेखर कोइरालाले निर्वाचनमा लोकप्रिय मत घट्दा पार्टीको साख गिरेको बताएका छन्।

    मंगलबार विराटनगरमा कांग्रेस नेता गुरुराज घिमिरे लिखित ‘बाटो बिराएको राजनीति’ विचार संग्रह विमोचन गर्दै कोइरालाले पपुलर मत घट्नुको कारणबारे गम्भीर हुनुपर्ने औंल्याएका हुन्। 

    उनले भने, ‘यस पटक प्रत्यक्षमा २३ बाट ५७ सिटमा कांग्रेस पुग्यो तर पपुलर मत ७ प्रतिशत कम भयो। यसबारे गम्भीर हुन जरुरी छ। कांग्रेसको साख गिरेको हो कि भन्ने छ। यसलाई सच्याएर अघि बढनुपर्छ।’ 

    पार्टी एकढिक्का भएर अघि बढ्ने उनको भनाइ छ। ‘तपाईंहरु ढुक्क हुनुस्। कांग्रेस एकढिक्का भएर अघि बढ्छ। सरकार पनि गठबन्धनकै हुनेछ। कांग्रेसको क्रियाशील सदस्यता शतप्रतिशत खुला गरिनुपर्छ’, उनले भने।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology