Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देही २ : पुन: मतदानकाे माग गर्दै रास्वपाका गणेश पाैडेलद्वारा सर्वोच्चमा रिट दायर

रुपन्देही २ : पुन: मतदानकाे माग गर्दै रास्वपाका गणेश पाैडेलद्वारा सर्वोच्चमा रिट दायर

  • 4.2K
    SHARES

  • रुपन्देही २ : पुन: मतदानकाे माग गर्दै रास्वपाका गणेश पाैडेलद्वारा सर्वोच्चमा रिट दायर

    बुटवल,मंसिर २० ।

    रुपन्देही क्षेत्र नम्बर २ मा पुनः मतदान/मतगणनाको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले सर्वोच्चमा रिट दायर गरेका छन् ।

    बाणिज्य क्याम्पसको बुथ ज  र बुटवल १२ को चारवटा बुथमा पुन मतगणना र मतदानको  माग गरेका हुन् । उनले बिष्णु पाैडेलको सपथ रोक्न र संसद जान समेत नदिन माग गर्दै रिट दायर गरेको नागरिक अनलाइनलाइ बताए ।  मतदान र मतगणनाको क्रममा धाँधली भएको उनको दाबी छ।

    उनले  ‘मतगणनाको क्रममा भएको धाँधली र मतदानको दिन भएको धाँधलीको विरुद्ध पुनः मतगणना सहित पुनः मतदानको माग राख्दै आज सर्वोच्च अदालतमा रिट दायर गरेको छु’ उनले भने-‘आशा गरौं अदालतले निष्पक्ष न्याय दिलाई जनताको अभिमत माथि भएको प्रहारलाई गलत साबित गर्ने छ।’

    मंसिर ४ गते भएको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेल र नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलबीच कडा प्रतिस्पर्धा भएको थियो। चुनावमा एमाले उपाध्यक्ष विष्णु पौडेलसँग १ हजार ३६६ मतले गणेश पराजित भएका थिए।rit bibedan.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology