Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादीमा प्रवेश

राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादीमा प्रवेश

  • 1.6K
    SHARES

  • राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादीमा प्रवेश

    काठमाडौँ,मंसिर १९ ।

    मनाङबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । यसअघि नेकपा एमालेमा रहेका गुरुङ स्वतन्त्र हैसियतमा निर्वाचनमा भाग लिएका थिए ।

    एमालेबाट गण्डकी प्रदेश सरकारमा मन्त्रीसमेत बनिसकेका गुरुङले आज सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कृष्णकुमार श्रेष्ठ (किसान) लगायत नेताहरूसँगको सामूहिक तस्बिर सार्वजनिक गर्दै आफू उक्त पार्टीमा प्रवेश गरेको बताएका छन् ।

    सार्वजनिक तस्बिरमा माला लगाएका मनाङे अध्यक्ष नेपालसँग हात मिलाउँदै गरेको अवस्थामा देखिएका छन् । उनले आफू उक्त पार्टीमा प्रवेश गर्नुको कारण समेत उल्लेख गर्दै विज्ञप्ति जारी गरेका छन् ।

    मनाङेले आफ्नो विज्ञप्तिमा लेखेका छन्, 'मेरो पवित्र उद्देश्यसँग मेल खाने नीति, सिद्धान्त र विचार अहिले हाम्रो देशमा रहेका राजनीतिक दलहरूमध्ये नेकपा एकीकृत समाजवादी पार्टीको रहेको र त्यसमा रहेका नेता कार्यकर्ताहरूको स्वच्छ छवि मुलुकका लागि केही गरौं भन्ने धारणा र दृष्टिकोणबाट प्रभावित भई आजैका मितिदेखि नेकपा एकीकृत समाजवादीमा आवद्ध हुँदै उक्त पार्टीको मार्गनिर्देशन अनुरुप जनसेवामा सक्रिय रहने कुरा सबैमा हार्दिक अनुरोध गर्दछु ।'

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology