Logo मंगलवार, श्रावण १२ गते २०८३
images

दोलखाबाट संघमा माओवादीका कार्की,प्रदेशमा काफ्ले र केसी निर्वाचित

दोलखाबाट संघमा माओवादीका कार्की,प्रदेशमा काफ्ले र केसी निर्वाचित

  • 1.6K
    SHARES

  • दोलखाबाट संघमा माओवादीका कार्की,प्रदेशमा काफ्ले र केसी निर्वाचित

    दोलखा,मंसिर १९ ।

    दोलखाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएका छन् ।कार्की ५१८ मत अन्तरले निर्वाचित भएका हुन् । कार्कीले ३६ हजार ९९५ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३६ हजार ४७७ मत पाएका छन् ।

    अहिले समानुपातिककाे गणना भइरहेकाे छ । समानुपातिककाे मतपेटिकामा प्रत्यक्षकाे मतपत्र भेटिए पनि गणना गर्ने निर्णय सर्वदलीय बैठकमा भएका कारण जितकाे अन्तरकाे अंक केही तल माथि पर्न सक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयका एक कर्मचारीले बताए ।

    यससँगै देशभरको निर्वाचन परिणाम आएको छ । कार्कीको जितसँगै माओवादी केन्द्रले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १८ सिट पुर्याएको छ ।

    मंसिर ४ गतेको निर्वाचनमा दोलखाका १० क्षेत्रमा धाँधली भएको निष्कर्षसहित ती क्षेत्रमा मंसिर १५ गते पुनः निर्वाचन भएको थियो ।

    प्रदेश सभामा काफ्ले र केसी निर्वाचित :kundan-raj-kafle.jpg

    दोलखाको प्रदेश सभा १ बाट भने नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्ले निर्वाचित भइसकेका छन् । कांग्रेस केन्द्रीय सदस्य काफ्ले, नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई ७ हजार ८७५ मत अन्तरले पछि पार्दै निर्वाचित भएका हुन् । उनले २३ हजार २३१ मत पाएका छन् । नेकपा एमालेका श्रेष्ठले मत १५ हजार ३५६ मत प्राप्त गरेका छन् ।

    प्रदेश सभा २ मा नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसी निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका अनुसार केसी १९ हजार ४१४ मत प्राप्त गरी प्रदेश सभा सदस्य निर्वाचित भएका हुन् । उनका निकटत प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार ५९५ मत पाए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology