Logo मंगलवार, श्रावण १२ गते २०८३
images

दोखला १ को प्रदेश सभा (क) बाट कांग्रेसका कुन्दनराज काफ्ले विजयी

दोखला १ को प्रदेश सभा (क) बाट कांग्रेसका कुन्दनराज काफ्ले विजयी

  • 2.2K
    SHARES

  • दोखला  १ को प्रदेश सभा (क) बाट कांग्रेसका कुन्दनराज काफ्ले विजयी

    दोखला, मङसिर १९ ।

    दोलखा जिल्लाको निर्वाचन क्षेत्र १ को प्रदेश सभा (क) बाट नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्ले विजयी हुनुभएको छ । 

    उहाँ २३ हजार २३१ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार नरबहादुर श्रेष्ठले १५ हजार ३५६ प्राप्त गर्नुभएको छ । 

    नेता काफ्ले सात हजार ८७५ मत अन्तरले विजयी हुनुभएको हो । उहाँले मत गणनाको प्रारम्भिक चरणबाटै अग्रता लिनुभएको थियो । 

    मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले मतगणना सकिएको जानकारी दिँदै आयोगले औपचारिक घोषणा गर्ने प्रक्रियाको चरणमा रहेको बताउनु भयो । 

    यो प्रदेशमा ११ दल र सात स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका थिए । एक हजार १९२ मत प्राप्त गरी राष्ट्रिय प्रजातन्त्र पार्टीले तेस्रो स्थान आगटेको छ । 

    प्रदेश (ख) तर्फ यसअघि नै नेकपा (एमाले) का भरतबहादुर केसी. विजयी हुनुभएको छ । प्रतिनिधिसभा तर्फको मतगणना जारी छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology