Logo बिहिवार, आश्विन १ गते २०८३
images

संघीय सांसद बासुदेव घिमिरेको सम्पर्क कार्यालय स्थापना

संघीय सांसद बासुदेव घिमिरेको सम्पर्क कार्यालय स्थापना

  • 2.0K
    SHARES

  • संघीय सांसद बासुदेव घिमिरेको सम्पर्क कार्यालय स्थापना

    बुटवल, मंसिर १८ ।

    रुपन्देहीको क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित बासुदेव घिमिरेले कञ्चन गाउँपालिका वडा नं. २ कञ्चनचोकमा सम्पर्क कार्यालय स्थापना गर्नुभएको छ ।

    नागरिकसँगको भेटघाट तथा गुनासा र समस्याको बारेमा जानकारी लिएर त्यसको  समाधानमा सहजीकरण गर्न सहयोग पुग्ने उद्देश्यले संघीय सांसद घिमिरेले सम्पर्क कार्यालय स्थापना गर्नुभएको हो । सम्पर्क कार्यालय रामापुर-लुम्बिनी सडकको कञ्चन नदी पुल नजिकैं रहेको छ ।

    आइतबार सम्पर्क कार्यालयको शुभारम्भ गर्दै सांसद घिमिरेले सम्पर्क कार्यालय सञ्चालनले नागरिकका समस्या समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । स्थानीय, प्रदेश र संघीय सरकारसँगको सहकार्य र समन्वयबाट विकास निर्माणका काम र नागरिकका समस्या समाधान गरिने बताउँदै उहाँले क्षेत्र नं. ५ को योजनाबद्ध, व्यवस्थित विकासमा राजनीतिक दल, विकास साझेदार संघ-संस्थालगायत सम्पूर्ण नागरिकको यथेष्ट सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

    क्षेत्र नं. ५ का बसिन्दाले दिएको विकास, समृद्धि र जनताको सेवा गर्ने जिम्मेवारीलाई सदैव ईमान्दारिताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले लुम्बिनीलाई केन्द्रमा राखेर क्षेत्र नं. ५ को समग्र विकास गरिने स्पष्ट पार्नुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य भूमिश्वर ढकाल, गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेल, उपेन्द्र अधिकारीलगायतले बोल्नु भएको थियो ।

    तिलोत्तमा नगरपालिकाका पूर्व नगर प्रमुख समेत रहनुभएका नेकपा एमालेका नेता घिमिरे मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसका नेता भरत शाहलाई ९,७८२ मतान्तरले हराउँदै विजयी हुनुभएको हो । यस पटकको निर्वाचनमा रुपन्देहीको क्षेत्र नं. ५ मा नेकपा एमाले समानुपातिक निर्वाचन प्रणालीमा पनि पहिलो बनेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology