बुटवल,मंसिर १८ ।
नेपाली कांग्रेस रूपन्देहीले लुम्बिनी प्रदेशको अस्थायी मुकामबाट हतारमा राजधानी दाङ नसार्न आग्रह गरेको छ ।
कांग्रेस रुपन्देहीले स्थायी संरचना नबन्दै लुम्बिनी प्रदेशको राजधानी नर्सान आग्रह गरेको हाे । नव निर्वाचित प्रदेश सभाबाट बन्ने सरकारलाई कार्यभार सुम्पिन समेत कांग्रेसले आग्रह गरेको हो ।
कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले आइतबार जारी विज्ञप्तीमा मुकाम कहाँ राख्ने र सार्ने भन्दा पनि प्रदेशबासीको दैनिकीसँग कसरी प्रदेशसभाको कानून निर्माण प्रक्रियालाई जोडन सकिन्छ भन्ने कुरातिर केन्द्रित हुन आग्रह गरिएको छ ।
अहिलेको निर्वाचनबाट प्राप्त सांङकेतिक अभिमतलाई दृष्टीगत गरी प्रदेश मुकाम जहाँ छ त्यहीबाट सेवा प्रवाहमा चुस्तता साथै सुशासनमा दृढताका साथ उभिन प्रदेश सरकारलाई आह्वान विज्ञप्तीमा उल्लेख छ ।
कर्मचारी आवास, प्रदेश सभाका सांसद बस्ने पूर्वाधार नभएको स्थानमा जर्वरजस्ती लैजानु प्रतिकुल असर पर्ने देखिएको भन्दै राजधानी हतारमा सार्ने भन्दा पनि भौतिक पूर्वाधार निर्माणमा ध्यान दिन खाँणको आग्रह छ ।
प्रदेश सरकारले मंसिरभित्रै जवरजस्ती प्रदेश राजधानी दाङको भालुवाङ लैजान हतारिएकोमा सर्वत्र विरोध भएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)