Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सातै प्रदेशमा सरकार गठन र नेतृत्वको लागि अनौपचारिक गृहकार्य

सातै प्रदेशमा सरकार गठन र नेतृत्वको लागि अनौपचारिक गृहकार्य

  • 1.8K
    SHARES

  • सातै प्रदेशमा सरकार गठन र नेतृत्वको लागि अनौपचारिक गृहकार्य

    बुटवल,मंसिर १८ ।

    प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आइनसक्दै सातै प्रदेशमा प्रदेश सरकार गठन र नेतृत्वको लागि अनौपचारिक गृहकार्य सुरु भएको छ ।

    समानुपातिक र प्रत्यक्ष निर्वाचनतर्फको घोषित नतिजाले कुनै पनि एक दलले प्रदेशमा बहुमतको सरकार बन्ने अवस्था छैन् । तर, अधिकांश प्रदेशसभा वर्तमान सत्तारुढ गठबन्धनको सरकार बन्ने सम्भावना देखिएको छ ।

    लुम्बिनी प्रदेशमा कुनै पनि दलको स्पष्ट बहुमत आउन नसक्दा गठबन्धन गरेरै सरकार बन्ने निश्चित छ । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा प्रत्यक्ष तर्फ ५२ र समानुपातिक तर्फ ३५ सिट हुँदा सरकार गठनको लागि ४४ सांसदको आवश्यकता हुन्छ ।

    यो निर्वाचनमा प्रत्यक्ष तर्फ १८ सिट जित्दै पहिलो दल बनेको नेकपा एमालेले पनि सरकार गठनको लागि अरु दलकै भर पर्नुपर्ने अवस्था छ । चुनावी तालमेलमा रहेको राप्रपा र जसपाले दुई–दुई सिट प्राप्त गर्दा अरु दललाई पनि तालमेलमा ल्याउन सके मात्र एमालेले सरकार गठन गर्न सक्ने छ ।

    एमालेमा मुख्यमन्त्रीको लागि संसदीय दलको नेतामा प्रदेश अध्यक्ष लीला गिरी, पूर्व प्रदेशसभाका प्रमुख सचेतक भुमिश्वर ढकालको चर्चा छ ।१७ सिट जित्दै प्रदेशसभामा दोश्रो भएको नेपाली काँग्रेसले गठबन्धनको साथमा सरकारको नेतृत्वकोे लागि कसरत सुरु गरेको छ । कांग्रेसले माओवादी केन्द्र, लोसपा र जनमतलाई साथमा लिएर सरकार गठनको तयारी थालेको छ । प्रत्यक्षतर्फ माओवादी केन्द्रले ५, लोसपा २, जनमत पार्टीले १ सिट जितेका छन् ।

    काँग्रेसको संसदीय दलको नेता बन्दै मुख्यमन्त्री बन्नको लागि केन्द्रीय सदस्य अब्दुल रज्जाक र प्रदेशका बाहालवाला पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीको चर्चा छ ।

    माओवादीले यदी सरकारको नेतृत्व पाए माओवादीबाट रोल्पाका जोखबहादुर महरा मुख्यमन्त्री बन्ने बलियो सम्भावना छ । लुम्बिनी प्रदेशसभामा प्रत्यक्ष तर्फ ८ राजनीतिक दल र ३ स्वतन्त्र उम्मेदवारको सहभागिता हुने छ । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी पहिलो पटक संसद जाँदै छन् ।

    प्रदेशमा सरकार गठनको लागि साना दलको भूमिका महत्वपूर्ण हुने देखिन्छ । २०७४ मा पाँच राजनीतिक दलले संसदमा सहभागिता जनाउँदा २ पटक एमालेका महासचिव शंकर पोखरेल र माओवादीका कूलप्रसाद केसीले प्रदेश सरकारको नेतृत्व गरेका छन् । अहिले ८ राजनीतिक दल संसदमा जाने पक्का हुँदा लुम्बिनी प्रदेश सरकार स्थिर हुनेमा शंका छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology