Logo मंगलवार, श्रावण १२ गते २०८३
images

२४ घण्टामा ११२० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४१ हजार ६४९ पुग्यो

२४ घण्टामा ११२० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४१ हजार ६४९ पुग्यो

  • 4.3K
    SHARES

  • २४ घण्टामा ११२० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४१ हजार ६४९ पुग्यो

    बुटवल,भदौ १७ – 

    नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४१ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा मात्रै १ हजार १२० जनामा कोरोना भाइरस [कोभिड-१९] संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। बुधबार नयाँ संक्रमितमा  ३२० महिला र  ८०० पुरुष छन्।

    यस्तै मन्त्रालयका अनुसार १० हजार ४९३ जना आइसोलेसनमा रहेका छन् भने होम आइसोलेसनमा ७ हजार ६१५ छन्। क्वारेन्टाइनमा ६ हजार ७६६ जना रहेका छन् भने कोरोनाका सक्रिय संक्रमितको संख्या १८ हजार १०८ छ।

    पछिल्लो २४ घण्टामा ११ सय १२ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या २३ हजार २९० पुगेको छ। नेपालमा कोरोनाबाट  २५१ जनाको मृत्यु भएको छ।

    त्यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। काठमाडौंका ३५० जना, भक्तपुरका ९ जना र ललितपुरका २९ जनामा कोरोना भाइरस संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology