Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एमाले सचिव पद्मालाई हराउँदै स्याङ्जा २ मा कांग्रेस उपसभापति धनराज गुरुङ बिजयी

एमाले सचिव पद्मालाई हराउँदै स्याङ्जा २ मा कांग्रेस उपसभापति धनराज गुरुङ बिजयी

  • 2.6K
    SHARES

  • एमाले सचिव पद्मालाई हराउँदै स्याङ्जा २ मा कांग्रेस उपसभापति धनराज गुरुङ बिजयी

    स्याङ्जा , मङ्सिर १७ ।

    स्याङ्जा क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा कांग्रेसका धनराज गुरुङ बिजयी भएका छन् ।

    ५ हजार ६ सय २७ मतान्तरमा अर्याललाई हराउँदै गुरुङले जित हासिल गरेका हुन् । गुरुङले ३१ हजार ४ सय ६६ मत प्राप्त गर्दा सचीव एमाले सचिव पद्मा अर्यालले भने २५ हजार ८ सय ३९ मत ल्याएकी थिइन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका टीकराज गुरुङले ८ हजार १ सय १३ मत ल्याएका छन् । निर्वाचन अधिकृतको कार्यालयबाट घोषण भने गर्न बाँकी छ ।

    समानुपातिकबाट सांसद बनेका गुरुङ पहिलोपटक प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । उपसभापति पदमा निर्वाचित भएपछि उनलाई स्याङ्जामा प्रत्यक्ष चुनाव लड्न पार्टीले सिफारिस गरेको थियो । गुरुङ क्षेत्र नम्बर १ का भए पनि पार्टीले २ बाट उठाएको हो ।

    अर्यालको भने यससहित तेस्रो प्रतिस्पर्धा हो । यसअघि २०७४ मा वाम गठबन्धनबाट साझा उम्मेदवार बनेकी अर्यालले तत्कालीन उपप्रधान एवं शिक्षामन्त्री नेपाली कांग्रेसका गोपालमान श्रेष्ठलाई हराउँदै विजयी भएकी थिइन् ।

    पूर्वमन्त्रीसमेत रहेकी अर्याल २०७४ अघि समानुपातिक सांसद भइसकेकी छन् । स्याङ्जा–२ मा मतदान भएको १० दिनपछि मतगणना भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology