बुटवल,मंसिर १७ ।
सञ्चार माध्यमले अब सामाजिक मुद्धा उठाएर जनाताको आवाज बलियो बनाउनुपर्ने एक कार्यक्रममा औंल्याइएको छ ।मिडिया समाज रुपान्तरणको बाहक भएको भन्दै उनीहरुले सबैको बनेर समाजलाइ सहि मार्गमा दिशानिर्देश गर्नुपर्ने उनीहरुको भनाइ छ ।
शान्तिका लागि सञ्चार अभियानद्धारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको १३ औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनमा बोल्ने बक्ताहरुले मिडियाले समाजका लागि थप योगदान गर्न आग्रह गरे ।
साधारणसभाको उद्घाटन गर्दै कांग्रेस नेता तथा गुल्मी १ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा चन्द्र भण्डारीले अब नेताका भाषणमात्रै देखाएर,उनीहरुका अन्तर्वार्ता मात्रै लिएर मिडिया नचल्ने दाबी गर्नुभयो ।
उहाँले जनताका समस्या,समाजिक मुद्धा र विकास निर्माणमा भएका भ्रष्ट्राचारका कुरालाई बाहिर ल्याएरसमाजलाइ सहि मार्गमा डोहोर्याउनुपर्नेमा जोड दिनुभयो । नेता भण्डारीले जनताबाट चुनिएर गएका जनप्रतिनिधि पार्टी भन्दा माथि भएर जनताका पक्षमा काम गर्नुपर्ने बताउनु भयो । उहाँले देश बनाउन अब पार्टीको रसिद भन्दा माथि उठ्नुपर्नेमा जोड दिनुभयो ।
रुपन्देही क्षेत्र न २(१) बा प्रदेशसभा सदस्यमा निर्वाचित भोजप्रसाद श्रेष्ठले संविधानले दिएको प्रादेशिक स्वायत्ततालाई केन्द्रले अधिकार दिन नसक्दा प्रदेश सरकारले चाहे जस्तो काम गर्न नसकेको बताउनुभयो ।
उहाँले रुपन्देहीमा रहेको प्रदेश राजधानीका संरचना हतारमा दाङ सार्न नहुने बताउनुभयो । प्रदेश सरकार जनताको नजिकको सरकार भएपनि प्रदेश सरकार अधिकार सम्पन्न नहुँदा जनताले चाहे जस्तो काम गर्न नसकेको बताउनु भयो ।
नेकपा एमालेका नेता समेत रहनु भएका श्रेष्ठले राजनीतिक , प्रशासनिक संघीयता आएपनि वित्तिय संघीयता र सन्तुलनको अभावमा प्रदेशलाई ठिक ढङ्गले अघि बढ्न नसकेको बताउनुभयो ।
बुद्ध सामुदायिक टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै टेलिभिजनले जनताको सूसुचित हुने अधिकारलाई प्राथमिकता दिँदै आवाज विहिनहरुको आवाज बनेको बताउनु भयो । उहाँले नेपाल भरि प्रशार भएता पनि टेलिभिजनले लुम्बिनी प्रदेशलाई कार्य क्षेत्रका रुपमा लिएर कार्यक्रम र समाचारलाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।
अध्यक्ष ज्ञवालीले प्रदेशकै उत्कृष्ट टेलिभिजनका रुपमा बुद्ध सामुदायिक टेलिभिजनलाई स्थापित गर्न सफल भएको बताउँदै समावेशी सिद्धान्तहरुलाई आधार मानेर जनशक्ति उपलब्ध भएसम्म विभिन्न भाषका कार्यक्रम उत्पादन तथा प्रशारण गर्दै आएको बताउनु भयो ।
साधारणसभामा टेलिभिजनका पुर्व अध्यक्ष बेन बहादुर पौडेल क्षेत्री , पृथबहादुर फौदार, सल्लाहकार रामचन्द्र ढकाल, कानूनी सल्लाहकार प्राध्यापक डा. बुद्ध बहादुर थापा ,उपाध्यक्ष गोपाल ज्ञवाली,संचालन सदस्य नारायण नागिला,टेलिभिजनका कार्यक्रम प्रमुख खेमराज रेग्मी लगायतले बोल्दै टेलिभिजनले सामाजिक उत्तरदायित्व अन्तर्गतको अभियान चलाइरहेको भन्दै सफलताको कामना गर्नुभयो ।सो अवसरमा अध्यक्ष ज्ञवाली र कोषाध्यक्षको प्रतिबेदन पारित भएको छ ।
यी समाचार पनि हेराैँ:-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)