बुटवल,मंसिर १७ ।
शान्तिका लागि सञ्चार अभियानद्धारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको अध्यक्षमा ओम ज्ञवाली सर्वसम्मत निर्वाचित हुनुभएको छ । ज्ञवालीको नेतृत्वमा दोस्रोपटक १५ सदस्यीय कार्य समिति सर्वसम्मत चयन भएको हो ।
समितिको उपाध्यक्षमा गोपाल ज्ञवाली,सचिबमा तिर्थराज पंगेनी, कोषाध्यक्षमा अरुणकुमार श्रेष्ठ, सहसचिबमा झपटबहादुर (जेबी) गुरुङ निर्विरोध चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा कमला काफ्ले, जगत पौडेल,दुर्गा नेपाल,रणबहादुर खनाल,रामबहादुर थापा,डोलराज बस्याल,घनश्याम तिवारी निर्वाचित भएको थापाले बताउनुभयो । बाँकी सदस्य भने पहिलाे बाेर्ड बैठकले मनाेनयन गर्नेछ ।
टेलिभिजनको १३ औं साधारणसभा तथा पाँचौ अधिवेशन शनिबार सम्पन्न भएको हो । उद्घाटन सत्र नेपाली कांग्रेसका नेता ,प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीको प्रमुख आतिथ्यमा भएको थियो ।
कार्यक्रममा सरोकारवाला ब्याक्तिहरु,बिभिन्न राजनीतिक दलका प्रतिनिधि,सरकारी निकायका अधिकारीहरु, जनप्रतिनिधि, टेलिभिजनका संचालन सदस्य,कर्मचारी तथा मिडियाकर्मीहरुको सहभागिता रहेको थियो ।
त्यस्तै गरि पूर्व अध्यक्ष बरिष्ठ अधिवक्ता बेनबहादुर पौडेल क्षेत्रीको संयोजकत्वमा पृथबहादुर फौदार,प्रदीप उदय सदस्य रहेको निर्देशन समिति समेत गठन भएको छ ।
यी समाचार पनि हेराैँ:-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)