Logo मंगलवार, श्रावण १२ गते २०८३
images

स्याङ्जा २ मा धनराज गुरुङको अग्रता कायमै

स्याङ्जा २ मा धनराज गुरुङको अग्रता कायमै

  • 1.8K
    SHARES

  • स्याङ्जा २ मा धनराज गुरुङको अग्रता कायमै

     स्याङ्जा, मङ्सिर १७ ।

    स्याङ्जा निर्वाचन क्षेत्र नं. २ मतगणना भइरहेको छ । पछिल्लो नतिजा अनुसार नेपाली काँग्रेसका धनराज गुरुङले अग्रता कायमै राख्नु भएको छ । उहाँले नेकपा (एमाले) की पद्मा कुमारी अर्याललाई दुई हजार ७१ मतले पछि पार्नु भएको हो । 

    काँग्रेसका गुरुङले २२ हजार १२० मत पाउनु भएको छ भने एमालेकी अर्यालको  २० हजार ४९  मत रहेको छ । यस्तै स्याङ्जा २ मा स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले सात हजार ३२ मत प्राप्त गर्नु भएको छ । 

    यसैबिच स्याङ्जा २ को (क) तर्फ भने नेपाली काँग्रेसका महेश भट्टराई अग्रता लिनु भएको छ । सुरुबाट नै अग्रता लिई रहनु भएका एमालेका बुद्धिमान श्रेष्ठलाई  २३ मतले पछि पार्दै अग्रता बनाउनु भएको हो । भट्टराईले  नौ हजार ८६९ मत पाउनु भएको छ भने श्रेष्ठको नौ हजार ८४६ मत छ । 

    अव गणना गर्न गल्याङ ११ र चापाकोटका १० वटा वडा रहेको छ । स्याङ्जा २ मा एक लाख १६ हजार सात सय ७८ मतदाता मध्ये ७० हजार एक सय ९१  मत खसेको थियो । अहिले सम्म प्रतिनिधि सभा तर्फ ३९ हजार ६१२ मत गणना भइसकेको छ । 

    प्रदेश (क) को भने गणना सम्पन्न भइसकेको छ । जसमा काँग्रेसका भोजराज अर्याल विजयी हुनु भएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology