बुटवल,मंसिर १६ ।
रोटरी क्लव अफ सेन्ट्रल बुटवलले पाल्पाका २ बिद्यालयमा बिभिन्न प्रकारका सामाग्री सहयोग गरेको छ ।
क्लवले पाल्पा तानसेन ९ मा रहेको दमकडा नमुना माबिमा सोलार लाइट,स्वीटर,खाद्यान्न सामाग्री हस्तान्तरण गरेको हो ।
क्लवका अध्यक्ष हिमाल गैरेको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयका अध्यक्ष राजेशकुमार अर्याल,प्रमुख अतिथि प्रधानाध्यापक मोहन प्रसाद सापकोटा,शिक्षक कृष्ण पराजुली,क्लवका सदस्य टेकनाथ बस्याल ,क्लवका सचिब पुरन ज्ञवाली लगायतले बोल्नुभएको थियो ।
त्यस्तै क्लवले पाल्पाकै सहारादेबी नमुना बिद्यालय माथागढी ३ मा पुगेर १९३ जना बिद्यार्थीलाइ स्वीटर बितरण गरेको क्लवका सचिब पुरन ज्ञवालीले बताउनुभयो ।
सो अबसरमा अध्यक्ष हिमाल गैरे,प्रधानाध्यापक भिस्मबहादुर थापा,जनप्रतिनिधि केशमाया सुनार,स्वागत मन्तब्य टेकनाथ बस्याल,सौजन्यकर्तातिलप्रसाद भट्टराइ तथा कार्यक्रम संचालक सचिव पुरन ज्ञवाली लगायतले बोल्दै क्लवले गरेको सामाजिक काममको सह्राना गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)