Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तिहारको अवसरमा रोबिन हूड आर्मी रुपन्देहीद्वारा खाद्यान्न सहयोग

तिहारको अवसरमा रोबिन हूड आर्मी रुपन्देहीद्वारा खाद्यान्न सहयोग

  • 2.9K
    SHARES

  • तिहारको अवसरमा रोबिन हूड आर्मी रुपन्देहीद्वारा खाद्यान्न सहयोग

    बुटवल,कार्तिक ३०-

    रोबिन हूड आर्मी रुपन्देहीले तिहारको अवसरमा खाद्यान्न सहयोग गरेको छ । 

    रेष्टुरेन्ट र समुदायबाट खाना संकलन गरेर मानिसहरूलाई सेवा पुर्‍याउने खालको खाना दिने काम गरिरहेको रुपन्देहीका सक्रिय सदस्य आकाश भण्डारीले बताए ।

    उनले अहिलेसम्म मैनादेवी अनाथ आश्रम , मणीग्राम नेपाल अपाङ्ग आश्रम , ट्राफिक चोक , देवीनगर तथा नगरभित्र खाना नपाएर अभावमा बसेकालाई पनि खाना पुर्याउने काम गरेको र अहिले तिहारको अवसर पारेर गोरीसिंह , भुद्धभुमी नगरपालिका-२ मा  साठ्ठी घरलाई खाद्यान्न सहयोग गरेको छ ।

    जसमा ५२५ किलो चामल , ७५ किलो दाल , ३५ किलो नुन र २० लिटर तेल रहेको बताएका छन् ।

    यसमा सहयोग गर्न र खाद्यान्न सहयोग गर्ने चाहनेले रोबिन हूड आर्मी रुपन्देहीको फेसबुक ग्रुपमा जोडिन समेत आग्रह गरेका छन् ।स्वयम्सेवकहरुको माध्यमबाट खाना संकलन गरेर साेही ठाउँमा पुर्याउने काम चलिरहेको आकाश भण्डारीले  नागरिक अनलाइनलाइ बताए ।

    रोबिन हूड आर्मी सामाजिक सेवामा आधारित, शून्य कोष संगठन समेत हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology