स्याङ्जा, मंसिर १६ ।
स्याङ्जा निर्वाचन क्षेत्र नं.२ (क) मा नेपाली कांग्रेसका उम्मेदवार भोजराज अर्याल विजयी भएका छन्।अर्यालले निकटम प्रतिस्पर्धी नेकपा(एमाले) का उम्मेदवार मोहन प्रसाद रेग्मीलाई २ हजार ७ सय ३० मतान्तरले पछि पारेका हुन्।
अर्यालले १५ हजार १ सय ६१ मत ल्याउँदा रेग्मीले १२ हजार ४ सय ३१ मत पाए। रेग्मी गण्डकी प्रदेशसभाका निवर्तमान् सदस्य समेत हुन्। उनी २०७४ सालमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए।
विवादका कारण मतदान भएको १० दिन पछि यो क्षेत्रका मतगणना भएको हो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)