बुटवल,मङ्सिर १५ ।
बिश्व एड्स दिवसको उपलक्ष्यमा आज बुटवलमा सचेतना र्याली निकालिएको छ ।
“एड्स अन्त्यको लागि समानताको सुनिश्चितता “ भन्ने नारा सहित विभिन्न ब्यानर, प्ले कार्ड सहित आयोजना गरिएको र्यालीमा स्वास्थ्य निर्देशनालय, लुम्बिनी प्रदेश ,लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, स्वास्थ्य कार्यलय रुपन्देही , बुटवल उपमहानगर पालिका साथै सहयोगी सस्थाहरु एएचएफ नेपाल, सेभ द चिल्ड्रेन, एफएचआइ र अन्य सरोकारवाला सम्पुर्ण संघ सस्थाहरुको सकृय सहयोगमा कार्यक्रम भएको हो ।
र्याली अस्पतालको मुलगेटबाट सुरु भै मिलन चोक हुँदै बसपार्कमा आइ कोण सभामा परिणत भएको लुम्बिनी प्रादेशिक अस्पतालका एचआइभि फोकल पर्सन भिम ज्ञवालीले बताए । सो अबसरमा बसपार्कमा कण्डम समेत बितरण गरिएको थियो । 
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)