बुटवल,मसिर १५ ।
बैंकहरुले मनपरी ब्याज वृद्धि गर्दा उद्योगहरु धरासायी हुने अवस्था आएको गुनासो गरेका छन् । रुपन्देहीका उद्योगी ब्यवसायीले ब्याज नघटे उद्योगमा तालाबन्दी गरेर बैंकलाई चापी बुझाउने चेतावनी दिएका छन् ।
तिलोत्तमा उद्योग ब्यापार संगठनले विहीबारदेखि आयोजना गरेको दोस्रो तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ को उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले बैंकहरुले ब्याज नघटाए चरणबद्ध आन्दोलन समेत गरिने उल्लेख गरे । बैंकहरुलाई उद्योगका चापी बुझाएर चरणबद्ध आन्दोलन थालिने उनीहरुले बताए ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले उद्योगीले उठाएका जायज मागलाई सरकारले समन्वय गरेर समाधान गर्नुपर्ने उल्लेख गर्नुभयो । कोभिड १९ र बैंकको ब्याज वृद्धिले उद्योगी ब्यवसायी थलिएको अवस्थामा उनीहरुको समस्या समाधानको लागि नगरपालिकाले सधै साथ दिने बचनबद्धता ब्यक्त गर्नुभयो । तिलोत्तमामा स्थायी प्रकारको औधोगिक ब्यापार गर्ने स्थल नभएकाले त्यसको ब्यवस्थापनमा नगरपालिकाले आवश्यक पहल गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग ब्यापार महासंघका अध्यक्ष खिमलाल भण्डारीले उद्योगीका समस्या समाधान गर्न पटक पटक अर्थमन्त्रालय र सरोकारवालाई ध्यानाकर्षण गराईरहेको बताउदै तत्काल बैंकहरुले ब्याज नघटाए चरणबन्द आन्दोलन थालिने बताउनुभयो । उद्योगका तालाचापी बैंकलाई बुझाएर आन्दोलन थालिने उहाले उद्घोष गर्नुभयो । सरकारले उद्योगमैत्री नीति ल्याउन नसकेको भन्दै उनले लगानीमैत्री वातावरण बनाउन सरकारलाई आग्रह गर्नुभयो ।वैंकको चर्को ब्याजले उद्योग ब्यवसाय धरासायी हुुने अवस्था सृजना भएको उहाले उल्लेख गर्नुभयो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरीदेवि चौधरीले मेला सफल बनाउन तिलोत्तमाबासी सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा उद्योगी ब्यवसायीहरु गुणनिधि भण्डारी, अनिल ज्ञवाली, हेमलाल न्यौपाने, रोहितराज क्षेत्री, तिलोत्तमा उद्योग ब्यापार संगठनका अध्यक्ष प्रेम जीएम लगायत, माओवादी केन्द्रका निर्मल जीसी ,एमालेका हितराज पन्थी लगायतले बोल्दै निर्वाचनका कारण उद्योगीको आन्दोलन स्थगित गरिएको र अबै फेरि चर्को ब्याजबिरुद्ध आन्दोलन थालिने उल्लेख गर्नुभयो ।
तिलोत्तमा उद्योग बाणिज्य संघ र तिलोत्तमा चम्बर अफ कमर्श सहआयाजक रहेको महोत्सव मंसिर २६ गतेसम्म चल्नेछ । मेलामा तीनसय स्टल रहेका छन ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)