Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बाजुरा र स्याङ्जा–२ मा मतगणना गर्न निर्वाचन आयोगको निर्देशन

बाजुरा र स्याङ्जा–२ मा मतगणना गर्न निर्वाचन आयोगको निर्देशन

  • 2.3K
    SHARES

  • बाजुरा र स्याङ्जा–२ मा मतगणना गर्न निर्वाचन आयोगको निर्देशन

    काठमाडौं, मङ्सिर १४ ।

    निर्वाचन आयोगले मतगणना स्थगित भएका बाजुरा र स्याङ्जा–२ मा मतगणना गर्न निर्देशन दिएको छ ।

    मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा स्याङ्जामा नेपाली कांग्रेसले धाँधली गरेको भन्दै अन्य पार्टीका उम्मेदवारहरुले विरोध गरेपछि गणना कार्य अगाडी बढेको थिएन ।

    स्याङजा– २ मा कांग्रेसबाट धनराज गुरुङ र एमालेबाट पद्या अर्याल उम्मेदवार छन्। त्यस्तै बाजुरामा पनि बुथ कब्जा गरेको एमालेको आरोप छ। बाजुरामा निर्वाचनको क्रममा २ जनाको ज्यानसमेत गएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology