Logo बिहिवार, आश्विन १ गते २०८३
images

उदयपुर १ बाट कांग्रेसका नारायण खड्का निर्वाचित

उदयपुर १ बाट कांग्रेसका नारायण खड्का निर्वाचित

  • 1.4K
    SHARES

  • उदयपुर १ बाट कांग्रेसका नारायण खड्का निर्वाचित

    उदयपुर मंसिर,१४ ।

    उदयपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा डा. नारायण खड्का निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार खड्काले नेकपा एमालेकी मञ्जु चौधरीलाई २३७९ मतान्तरले पराजित गरेका हुन् ।

    परराष्ट्रमन्त्री समेत रहेका खड्काले ३१ हजार २७० मत पाएका छन् । एमालेकी चौधरीले २८ हजार ८९१ मत पाइन् ।

    राप्रपाका धुर्वकुमार रायमाझीले ३९१५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उध्दव अधिकारीले ३४०८ मत पाएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology