Logo बिहिवार, आश्विन १ गते २०८३
images

दाङमा ट्रकको ठक्करवाट एक महिलाको मृत्यु,पहिचान खुल्न बाँकी

दाङमा ट्रकको ठक्करवाट एक महिलाको मृत्यु,पहिचान खुल्न बाँकी

  • 2.3K
    SHARES

  • दाङमा ट्रकको ठक्करवाट एक महिलाको मृत्यु,पहिचान खुल्न बाँकी

    बुटवल,कार्तिक ३०-

    दाङमा ट्रकको ठक्करवाट एक महिलाको मृत्यु भएको छ ।

    पूर्वपश्चिम राजमार्ग अन्तरगत लमही नगरपालिका वडा नं. १ नर्तीमा ना ६ ख ४६७ नम्वरको ट्रकको ठक्करवाट अन्दाजी ३५ देखि ४० बर्षीया एक महिलाको मृत्यु भएको छ ।

    आइतवार विहान ६ बजेतिर विराटनगरवाट महेन्द्रनगर तर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएकी ती महिलालाई लमही अस्पताल पुर्याए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए ।

    जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काकाले ठक्कर दिएर भागेको ट्रकलाई प्रहरीले लमही ९ रिहारबाट नियन्त्रणमा लिएको जानकारी दिए ।

    मृतकको पहिचान खुल्न नसकेको खड्काले बताए । मृतकको शव पोष्ट मार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology