बुटवल,मङसिर १० ।
बुटवल जेसीजको अध्यक्षमा हरिविक्रम कुवँर निर्वाचित हुनु भएको छ । शनिबार बुटवलमा सम्पन्न बुटवल जेसीजको ४९ ओैं शाखा अधिवेशनबाट सन् २०२३ को लागि सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो ।
अधिवेशनबाट दुई कार्यकारिणी उपाध्यक्ष पदमा अर्जुन ज्ञवाली र मोहन न्यौपाने, ४ उपाध्यक्ष पदमा यदुमणी पोखरेल, विनोद पोखरेल, रविनकुमार कार्की र होमनाथ भुसाल निर्वाचित हुनु भएको छ ।
त्यस्तै सहसचिव पदमा प्रकाश गैरे र सहकोषाध्यक्ष पदमा विशाल पन्थी निर्वाचित भएको निर्वाचन आयुक्त निवर्तमान अध्यक्ष गोपाल चापागाईले जानकारी गराउनु भयो । कानुनी सल्लाहकार, महासचिव र कोषाध्यक्ष पदमा भने अध्यक्षले मनोनित गर्ने जेसीज विधान छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)