Logo बिहिवार, आश्विन १ गते २०८३
images

आफैलाई हराएका बोहोरालाई गृहमन्त्री खाणले दिए बधाई

आफैलाई हराएका बोहोरालाई गृहमन्त्री खाणले दिए बधाई

  • 1.6K
    SHARES

  • आफैलाई हराएका बोहोरालाई गृहमन्त्री खाणले दिए बधाई

    बुटवल,मङसिर १० ।

    गृहमन्त्री बालकृष्ण खाणले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोरालाई बधाई दिनुभएको छ। 

    सोही क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गर्नुभएका गृहमन्त्री खाणले आफू पराजित भएपछि निर्वाचित बोहोरालाई टेलिफोनबाट बधाई दिनुभएको हो। गृहमन्त्री खाणले बोहोरालाई सफल कार्यकालको शुभकामना दिनुभएको छ। 

    राप्रपा नेता बोहोराले गृहमन्त्री एवम् नेपाली कांग्रेशका प्रभावशाली नेता खाणलाई दुई हजार ६ सय ८१ मतले पराजित गर्नुभएको हो। उक्त क्षेत्रमा बोहोराले ३६ हजार ७१७ मत प्राप्त गर्नुभयो भने खाणले ३४ हजार ३६ मत पाउनुभएको छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology