बुटवल,मङसिर १० ।
रुपन्देही क्षेत्र न.३ बाट राप्रपाका उपाध्यक्ष दिपक बोहोरा बिजयी भएका छन् । उनले नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खांणलाई २ हजार ६४२ मतान्तरले पराजित गरेका हुन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका खांणलाई राप्रपा र एमालेको गठबन्धनका उम्मेदवार रहेका बोहोराले ३६ हजार ६४८ मत पाउँदा गृहमन्त्री समेत रहेका खांणले ३४ हजार ६ मत पाएका छन् ।

बोहोरा नेपालको राजनीतिमा ४ दशकदेखि राप्रपामा क्रियाशील रहँदै आएका छन् । २०३६ सालमा रुपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित उनी २०४२ सालको राष्ट्रिय पञ्चायत सदस्यमा समेत विजयी भएका थिए । उनी २०७० सालमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।
उनी २०४४ मा निर्माण तथा यातायातमन्त्री, २०४३ मा निर्माण तथा यातायात राज्यमन्त्री, २०४० मा पर्यटन राज्यमन्त्री, २०३८ सालमा पर्यटन राज्यमन्त्री र २०३८ मा पर्यटन सहायकमन्त्री, २०७३ सालमा आपूर्तिमन्त्री, २०७४ मा स्वास्थ्यमन्त्री, २०७२ मा श्रम तथा रोजगार मन्त्री, २०६७ मा वन तथा भूसंरक्षण मन्त्री बनेका थिए ।
रुपन्देही क्षेत्र नम्बर ३ (२) मा नेकपा एमालेका तुलसीप्रसाद चौधरी विजयी भएका छन् भने ३ (१) मा लोसपाका सन्तोष पाण्डे बिजयी भएका छन् ।
यससंगै रुपन्देहीका पाँचैक्षेत्रको मतगणना सकिएको छ । रुपन्देहीमा प्रतिनिधिसभामा एमाले ३ ,राप्रपा १ र लोसपाले १ जितेका छन् ।
हेराैँ नतिजा :
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)