Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देही–२ बाट एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल विजयी

रुपन्देही–२ बाट एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल विजयी

  • 2.8K
    SHARES

  • रुपन्देही–२ बाट एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल विजयी

    बुटवल,मंसिर १० ।

    रुपन्देही–२ को प्रतिनिधि सभातर्फ नेपाल कम्युनिष्ट पार्टी एमाले का उपाध्यक्ष विष्णुप्रसाद पौडेल विजयी हुनुभएको छ । एमाले उपाध्यक्ष पौडेलले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेललाई १३ सय ६६ मतले पराजित गर्नुभएको हो । 

    अन्तिम मत परिणामअनुसार एमाले उम्मेदवार पौडेलले २७ हजार एक सय ४८ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र पार्टीका उम्मेदवार पौडलले २५ हजार सात  सय ८२ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत उद्विर नेपालीले जानकारी दिनुभयो ।

    सत्ता गठबन्धन दलको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशव सूर्यवंशीले २२ हजार १० मत प्राप्त गर्नुभयो । एक लाख २६ हजार आठ सय सात मतदाता रहेको यस क्षेत्रमा ८० हजार छ सय ५१ मत खसेको थियो । बदर मत ३१ सय ९३ रहेको निर्वाचन कार्यालयले जनाएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology