बुटवल,मङ्सिर ९ ।
दलहरुका प्रतिनिधिबिना नै रुपन्देही २ को मतगणना शुरु भएको छ । बिहान ५ बजेबाट रोकिएको रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ को मतगणना शुरु भएको हो ।
मतगणनामा तलमाथि भएको आरोप लगाउँदै बाहिरिएका दलहरुको उपस्थिती बिना नै निर्वाचन कार्यालयले मतगणना शुरु गरेको हो ।
मुचुल्कामा उल्लेख गरिएको मतपत्रको संख्या भन्दा कम्प्युटरमा प्रविष्ट गरिएको मतपत्रको संख्या कम भेटिएपछि बढी मतपत्र आएको भन्दै सत्ता गठबन्धन सहित रास्वपा र अन्य उम्मेदवारहरु विरोधमा उत्रिएका थिए ।
बु६वलमा दिनभर प्रदर्शन र नाराबाजी भएपछि साँझपरेपछि निर्वाचन कार्यालयले मत गन्न थालेको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)