बुटवल,मंसिर ९ ।
नेपाल बैंक लिमिटेडले २२६ औं शाखा बुटवलको चौराहामा शुभारम्भ गरेको छ । बैकको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र बैंकका अध्यक्ष गंगा प्रसाद ज्ञवालीले शुभारम्भ गर्नुभयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष ज्ञवालीले प्रतिष्पर्धात्मक बैंकिग बजारमा चुस्त दुरुस्त सेवासहितआफ्नो उपस्थिति बढाउन बैंकले शाखा विस्तारलाई जोड दिनुभयो ।
नगर प्रमुख पाण्डले नाफामात्रै नहेरी व्यवसायीहरुलाई समस्यामा नपर्ने गरी सहयात्रीको रुपमा बैंकले काम गर्नुपर्ने धारणा राख्नुभयो ।कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री कृष्ण बहादुर अधिकारीले बोल्दै शाखा विस्तारले बुटवलको विकासको निम्ति भुमिका समेत बढाउन सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल बैंकका लूम्बिनी प्रादेशिक कार्यालय प्रमुख सुशीलकूमार नेपाल, नेपाल राष्ट बैंकका निमित्त निर्देशक जिवन प्रकाश पाण्डे,,नेपाल चेम्बर अफकमर्सका महासचिव जे.पि कडेल, बूटवल बहुमुखी क्यापसका प्रमुख खिमानन्द न्यौपाने, प्रादेशिक कार्यालयका कर्मचारी, सिटि अफिस खस्यौली शाखाका शाखाप्रवन्धक कृष्ण बहादुर कार्की, लगायत रुपन्देही जिल्लाभरका नेपाल बैंक लिमिटेडका शाखा कार्यालयका शाखा प्रवन्धकको सहभागिता रहेको थियो ।
नेपालभर २२६ शाखाहरु मार्फत करिब २१ लाखग्राहकहरुलाई वित्तीय सेवा पु¥याइरहेको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)