Logo बिहिवार, आश्विन १ गते २०८३
images

२४ घण्टामा १३ जनाको कोरोना संक्रमणबाट मृत्यु,देशभर थपिए १९४६ जना संक्रमित

२४ घण्टामा १३ जनाको कोरोना संक्रमणबाट मृत्यु,देशभर थपिए १९४६ जना संक्रमित

  • 2.0K
    SHARES

  • २४ घण्टामा १३ जनाको कोरोना संक्रमणबाट मृत्यु,देशभर थपिए १९४६ जना संक्रमित

    बुटवल,कार्तिक २९-

    देशभर पछिल्लो २४ घण्टामा १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२१५ पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.६ प्रतिशतको ज्यान गएको छ ।

    नेपालमा कोरोना भाइरस ९कोभिड १९० बाट थप १९४६ जना संक्रमित भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा ८७५३ जनाको गरिएको पीसीआर परीक्षणमा १९४६ संक्रमित भएका हुन् । नेपालमा हालसम्म संक्रमित हुनेको संख्या २ लाख ८ हजार २ सय ९९ रहेको छ ।

    नेपालमा आजसम्म पीसीआर परीक्षण गर्नेको संख्या १६ लाख २ हजार ६ सय ३ रहेको छ । अहिले ३६ हजार ४ सय ५२ जना आइसोलेसनमा छन् भने एक हजार ५७ जना क्वारेन्टाइनमा बसेका छन् ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५०३ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १७०६३२ रहेको छ । नेपालमा निको हुनेको दर ८१.९ प्रतिशत रहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology