Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देही २ मा पुन:मतदानको माग गर्दै एमालेबाहेकका दलहरु प्रदर्शनमा उत्रिए !

रुपन्देही २ मा पुन:मतदानको माग गर्दै एमालेबाहेकका दलहरु प्रदर्शनमा उत्रिए !

  • 4.5K
    SHARES

  • रुपन्देही २ मा पुन:मतदानको माग गर्दै एमालेबाहेकका दलहरु प्रदर्शनमा उत्रिए !

    बुटवल,मंसिर ९ ।

    रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ को मतगणना अवरुद्ध भएको छ । प्रतिनिधि सभातर्फ ८१ हजार मतमध्ये अब ६ हजार मत गन्न बाँकी छ ।

    मुचुल्कामा रहेको मतपत्र भन्दा मतगणनामा बढी मतपत्र भेटिएको भन्दै सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरुले पुनः मतदानको माग गर्दै विरोध प्रदर्शन भैरहेको हाे ।

    मतपेटिकामा मुचुल्कामा भन्दा ५० थान मतपत्र बढी देखिएपछि एमाले बाहेकका दलका प्रतिनिधिहरुले बिराेध जनाएका छन् ।मुचुल्कामा लेखिएको मतपत्रको संख्याभन्दा केही फरक परेपनि महिला र पुरुषको मतपत्र भिडाउँदा मतपत्रको संख्या बढी नभएको निर्वाचन अधिकृत उद्वीर नेपालीले बताए ।

    rupandehi 2.jpg


    सत्ता गठबन्धनमा आवद्ध दल र राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः मतदानको माग गर्दै निर्वाचन अधिकृतलाई ज्ञापनपत्र समेत बुझाएका छन् । 

    उनका अनुसार लुम्बिनी वाणिज्य क्याम्पस ‘ड’ बुथमा ३८८ जना महिला र पुरुष २४१  गरी ६२९ मत खसेको मुचुल्कामा उल्लेख भएको तर उक्त तथ्यांकलाई निर्वाचन कार्यालयको कम्युटरमा प्रविष्ट गर्ने समयमा महिलाको संख्या फरक पर्न गएको हो ।

    ‘मतदान गरेका महिलाको संख्या ३८८ हुनु पर्नेमा टाइपिङ फरक परी ५० मत कम देखिने गरी ३३८ लेखिएको रहेछ’, नेपालीले भने, ‘तर मतमेटिकामा र मुचुल्कामा उल्लेख गरिएको एकमुष्ट संख्या ६२९ नै मिल्न आएकाले अन्यथा सोच्नुपर्ने केही छैन ।’

    कम्प्युटरमा प्रविष्ट गर्ने समयमा मानवीय त्रुटीका कारण फरक संख्या उल्लेख हुन गएको कुरा स्वीकार गर्दै निर्वाचन अधिकृत नेपालीले मतपेटिकामा भएको र मुचुल्कामा भएको संख्या नै सही भएको स्पष्ट पारे ।

    रुपन्देही २ मा नेकपा एमालेका उम्मेदवार विष्णु पौडेल एक हजार बढी मतले अग्रता छ। दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल र सत्ता गठबन्धन समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा तेस्रो स्थानमा छन् ।१.jpg२.jpg

    ३.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology